चार दिन देखि शव अस्पतालमा - Dastabej

चार दिन देखि शव अस्पतालमा


  • सुनिल रेग्मी

  • पश्चिमबाट पूर्व जानलागेको बसको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएपछि यातायात व्यवासायी र पीडित पक्षबीच कुरा नमिल्दा चार दिन देखि अस्पतालमा शव थन्किएको छ । शुक्रबार ठाकुरबाबा नगरपालिका ५ का २४ वर्षीय रुपलाल थारुको पूर्व–पश्चिम राजमार्ग अन्तरगत बारबर्दिया नगरपालिका वडा नं. ८, थानथेनामा ठक्कर दिएपछि उनको उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा शनिबार विहान ४ बजे मृत्यु भएको थियो । कर्णाली रिभर साईड यातायात प्रा.लि.को ना ५ ख ७६७३ नम्बरको बसले ठक्कर दिएको थियो । पीडित पक्ष र यातायात व्यवसायी बीच सोमबार वार्ता निष्कर्ष भएपछि उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । सो क्रममा उनीहरुले सोमबार नै भुरीगाउँमा २ घण्टा चक्का जाम गरेका थिए । उनीहरुले आज मंगलबार पनि आन्दोलन गर्ने बताएका छन् । उनीहरुले उचित क्षतिपूर्तीको माग र दोषीलाई कार्वाहीको माग राख्दै आन्दोलन गर्दै आएका छन् । बसलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
    ईलाका प्रहरी कार्यालयका बाँसगढीका प्रहरी निरीक्षक वीरेन्द्र थापाले पीडित पक्षसँग छलफल जारी रहेको बताए । उनले दुबै पक्षबीच मंगलबार पनि छलफल हुने बताए । यातायात प्रा.लि.का उपाध्यक्ष लभ मल्ले नियम अनुसारको क्षतिपूर्ती दिने बताए ।

  • २३ मंसिर २०७७, मंगलवार ०६:५३ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न