१७ बर्षदेखि एउटै प्रश्न, मेरो श्रीमान खोई ? – Dastabej

१७ बर्षदेखि एउटै प्रश्न, मेरो श्रीमान खोई ?

मेरो श्रीमानको १८२३ नं को मोटरसाइकल समेत सेनाले आफैले चलाएर सडकमा हाम्रो मान्छे राझाँ व्यारेक पृतना हेडक्वाटरमा लग्यो । धम्बोझीबाट आँखामा कालो पट्टी बाँधेर लेको देख्ने धम्बोझी चौकका मानिसहरुले देखे । तर मेरो श्रीमानको पत्तो अहिलेसम्म लागेन ।


  • चन्द्रकला उपे्रती

  • नेपालगन्ज— ‘१२ बर्षमा खोला फर्किन्छ ।’ भन्ने नेपाली उखान छ तर खोला अवश्य फर्किन्छ होला तर १७ बर्ष सम्म पनि मेरो श्रीमान फर्किनु भएन । विस्तृत शान्ति समझौता भएको १४ बर्ष पूरा भईसक्यो तर कहाँ छ हामीलाई शान्ति ? शान्ति सम्झौता अन्तर्गत १२ बुँदेमा उललेखित पेपत्ता सार्वजनिक गर्ने ६० दिन कहिले आउँछ त ? अहिले दुई तिहाईको सरकारले के गर्दैछ ? म जस्तै वेपत्ता परिवारसँग यस्तै धेरै प्रश्न छन् तर यी प्रश्नको जवाफ कसले दिने हो । सरकारी कार्यालयमा जाँदा म जस्ता वेपत्ता पारिएका श्रीमतिहरुलाई परिचय खोज्छ, मृत्यु दर्ता खोज्छ, जुनसुकै कामले विभिन्न कार्यालयमा जानुअघि म जस्ता श्रीमतिहरुलाई थप पीडै पीडाले सताउन थाल्छ । श्रीमान् खै ? के भएको ? किन लगेको जस्ता शब्द पटक पटक म जस्ता श्रीमतिहरुले भोगीरहनु परेको छ । म लगायतका परिवारले जे भएको सत्य मात्र जान्न चाहेको, लाश की सास । अहिले पनि चौविसै घण्टा त्रास र पीडै पीडामा छौं हामी । मजस्ता वेपत्ता पीडित परिवारको के दोष थियो र हामीले न्याय कहिले पाउने ? प्रष्ट जवाफ पाउन पाए पनि हुन्थ्यो ।
    महिला हिंसाको १६ दिने अभियान राज्यले नै गरिरहेको समयमा हामीलाई पीडा दिने त राज्य नै हो । जव सम्म द्वन्द्वको यौन जन्य हिंसा पीडित महिलालाई सम्बोधन गर्न सक्दैन आज सरकार पानी माथिको ओभानो बनेर केही हुँदैन । महिला हिंसा न्युनिकरणका नाममा जति कार्यक्रम गरेपनि महिला हिंसा कम भएको हामीले महसुस गरेका छैनौं । हामीले कस्तो पीडा भोगीरहेका छौं, जहाँ जाऔं, घरमा बस्दा न बाहिर हिंड्दा, कति हिंसा भोग्न बाध्य छौं कसले दिन्छ ध्यान ? अहिले १६ दिन महिला हिंसाको कार्यक्रम गर्नु अघि राज्यले हामीहरुलाई सम्मान दिनु पर्छ, त्यो पीडालाई कम गर्न राज्यले छिटो भन्दा छिटो एउटा कानुन बनाई यसलाई पीडाको प्रकृति हेरी सत्य, न्याय र परिपुरणको ब्यवस्था गर्नु पर्छ अनि १६ दिने मात्र हैन सदावहार नै यस्ता कार्यक्रम गर्नु पर्छ ।
    जव मंसीर महिनाको सुरुवात हुन्छ । यो मनमा छुट्टै किसीमको छटपटी महसुस हुन थाल्छ । २०६० साल मंसीर २३ गते आजकै दिन साँझ ६ वजेको समय थियो । तत्कालिन साहि सेनाले आफ्नै पसल अगाडिबाट मेरो श्रीमान भुपेन्द्र उप्रेतीलाई सोधपुछका लागी भन्दै आफ्नो कव्जामा लियो । नेपालगन्जको धम्वोझी चोकमा लगेर एक डेढ घण्टा त्यहि राख्यो । उहाँसंगै सुर्खेतरोडमा घर भएको सुनील क्षेत्रिलाई पनि संगै लग्यो । मेरो श्रीमानको १८२३ नं को मोटरसाइकल समेत सेनाले आफैले चलाएर सडकमा हाम्रो मान्छे राझाँ व्यारेक पृतना हेडक्वाटरमा लग्यो । सुनील र मेरो श्रीमान संगै राखीएको ३ दिन पछि मेरो श्रीमानलाई छुटाएर कहाँ लगीयो ? सुनील क्षेत्रि भने १७ दिनपछि घर फर्किएपछि सवै जानकारी उहाँले दिनुभयो । धम्बोझीबाट आँखामा कालो पट्टी बाँधेर लेको देख्ने धम्बोझी चौकका मानिसहरुले मलाई पहिला पहिला त मईले देखेको भन्ने धरै थिए । तर अहिले ति ब्यक्ति कोहीको मृत्यु भयो, कोही कता गए । केही ब्यक्तिले भन्ने गर्नुहुन्छ कि अव भनेर के गर्ने तपाईको श्रीमान आउनु हुन्न जस्ता कुरा गर्नुहुन्छ । तर संगै गएका ब्यक्ति हुँदै बयान कसले लिने त ? सबैलाई थाहा छ मेरो श्रीमानलाई शाही सेनाले यति लामो समय सम्म वेपत्ता पारेको , सेनाले किन यसरी थप पीडा दिएको भनेर धेरै ब्यक्तिहरुले भन्नु हुन्छ । अव आम मानिस आत्ति सक्नु भयो भने म र मेरो परिवार कसरी धैर्य गरेर बसेका छौं कसले गर्न सक्छ मुल्यांकन ?
    अहिले आउने, भरे आउने, भोली आउने, आशै आश हेर्दा हेर्दै १७ बर्ष भयो तर राज्यको हेर्ने आँखा सुन्ने कानलाई के गरेर राखेको छ ? के हामीले आफ्नो आफन्त जे भएपनि जस्तो भएपनि सत्य देउ सरकार भनेका छौनौं । हामीलाई नेताहरुको जस्तो ठूलो महल, गाडी, करोडौं पैसा भनेका छौनौं तर हाम्रो आफन्त कहाँ छन् ? सत्य जान्न पाउने हाम्रो अधिकार हो या हैन यति मात्र जवाफ देउ सरकार । मलाई मेरो परिवारलाई आयोग बन्छ, कानुन छैन भन्दै विभिन्न बहाना गरेर पहिलाको आयोगको चार बर्ष खतम पा¥यो । अहिले फेरी त्यही, त्यस्तै दोहरीएको छ । हाम्रा लागि काम गर्न आउने ब्यक्ति वा संघ संसथाहरले अलिकति भनेपनि धर्म सम्झेर आउनु, पैसा मात्र कमाउने उद्देश्यले यस आयोगमा प्रवेश नगर्नु नै राम्रो । यदि प्रवेश झुकिएर भएको भए फेरी एकान्तमा बसेर सोंच्नुस, ध्यान गर्नुस पीडितहरुको आँसु बग्न नदिनुस, केही न केह िकाम गर्नुस भन्ने हाम्रो आग्रह छ । तर अव कहिले काम गर्ने ? पुसको २५ गते समय सकिदै छ त । अनि बल्ल जिल्ला जिल्लाको भ्रमण गर्दै हिंडनु भएको त छैन ?
    हामीलाई गाह्रो भएको छ । वार कि पार कहिले भएर बस्न पाईएला , कसरी यो पीडाबाट मुक्ति पाईएला भन्ने मेरो भगवानसँग रात दिन यहि प्राथना गर्छु । राज्यले हामीलाई अहिले सम्म मजाकमा उडाईरहेको छ । बेपत्ता परिएका ब्यक्तिहरुको परिवारलाई एक मिनेट मात्र आफ्नो आफन्तहरलाई बेपत्ता पारी हेर्नु त ? सदा दिन जस्तै मेरो जस्तो पीडा तपाईहरु जो सुकैले भेगेर बस्नु पर्दा थाहा हुन्थ्यो । सरकारले आफैले पटक पटक चिलले चल्लो टिप्दा झैं टिपेर लग्ने र बेपत्ता पार्ने अनि परिवारहरुलाई पीडा माथि पीडा दिने । श्रीमानको नाममा भएको पसलको फर्म को या गौरी विनायक टे«डर्स मलाई के थाहा जव जो सम्बन्धित ब्यक्ति नै नभएपछि त्यो पसल बन्द भयो । तर आज कर कार्यालय र वाणिज्य कार्यालयले फर्म बन्द नभएको भन्दै पैसा तिर्नु पर्ने भन्छ र कहाँबाट ल्याएर मैले त्यति धेरै पैसा तिर्न सकिन्छ, यस्तै यस्तै थप पीडा दिँदै छ राज्यले । त्यो सबै राज्यको ढुकुटीमा जाने हैन र ? यस्तै खाले कति पीडा रात दिन भोग्नु परेको छ मैले । मेरो श्रीमानलाई राज्यले वेपत्ता पनि पार्ने पीडा पनि दिने ।
    श्रीमान बेपत्ता भएदेखि प्रत्येक बर्ष केही न केही श्रीमानको सम्झनामा कार्यक्रम गरिराखेकी छु । मेरो श्रीमान लगायत वेपत्ता पारिएका सबैको सम्झनामा कहिले परेवा उडाउने, कहिले दिप प्रज्वलन गर्ने, कहिले बृद्ध आश्रमका बृद्धहरुलाई फल फूल वितरण गर्ने र कहिले पूजा गर्दै आएकी छु । एउटा मनको पीडालाई कम गर्न यस पाली पनि रक्त दान गर्ने कार्यक्रम राखेकी छु । आफ्नै परिवारलागायत रेडक्रसको क्षेत्रिय रक्त सञ्चार केन्द्रमा विहान १० बजे रक्त दान र साँझ ५ बजे धम्बोझी चौकमा दिप प्रज्वलन कार्यक्रम राखेकोले सबै शुभ चिन्तकहरुलाई यसैबाट निमन्त्रणा पनि गर्दछु ।
    पीडै पीडाले भरिएको आँसुलाई हाँसोमा बदलिँदै सबैकोलागि चौतारी बन्न पुगेकी द्वन्द्व पीडित महिला राष्टिय सञ्जालका केन्द्रीय कोषध्यक्ष एवं न्यायकालागि द्वन्द्व पीडित समाजका अध्यक्ष, चन्द्रकला उप्रेती ।

  • २३ मंसिर २०७७, मंगलवार ०८:२१ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा