नेपालगन्ज— नेपालगंन्ज मेडिकल कलेजले कोरोना भाइरसको महामारीलाई लक्षित गरी २० आइसियु बेड थपेर ४६ बेड पु¥याएको छ । आइसियु बेडसंगै थप ७ वटा भेन्टिलेटर र एउटा पोटेबल अल्ट्रासाउन्ड मेसिन पनि थपिएको छ । यो संगै शिक्षण अस्पताल नेपालगन्ज अस्पतालमा भेन्टिलेटरको संख्या १४ पुगेको छ । अस्पतालका सहायक निर्देशक नितेशकुमार कानोडिका अनुसार शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जले २४ वर्ष देखि लुम्बिनी, कर्णाली र सुदूर पश्चिमका प्रदेशका बिरामीहरुलाई उच्च स्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको यस शिक्षण अस्पतालहरुले पछिल्ला दिनहरुमा कोरोना संक्रमित बिरामीहरुलाई शल्यक्रिया सहितको उपचार सेवा दिदै आएको छ । कोरोना लगायत बिभिन्न किसिमका जटिल रोगका कारण बिरामी भई गम्भिर अबस्थामा पुगेका बिरामीहरुको उपचारलाई थप प्रभावकारी र ब्यबस्थित बनाउनका लागि नेपालगन्ज मेडिकल कलेजले नेपालगन्ज र कोहलपुर स्थित शिक्षण अस्पतालमा आइसियु बेड संख्या र उपकरणहरु बृद्धि गरेको जानकारी गराएको उनले जनाए । संक्रमित बिरामीहरुको उपचार गर्ने क्रममा शिक्षण अस्पतालहरुमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी र अन्य कर्मचारी सहित हालसम्म १ सय ७३ संक्रमित भइसकेका छन । कोरोना सक्रमण कै कारण कलेजका २ जना कर्मचारीको मृत्यु भईसकेको छ ।
य