बेसार पानीको सफलतापछि थ्रीएम ग्रुपको अर्को गीत सार्वजनिक - Dastabej

बेसार पानीको सफलतापछि थ्रीएम ग्रुपको अर्को गीत सार्वजनिक


  • दस्तावेज

  • बेसार पानी गीतको सफलता पछी थ्रीएम ग्रुपले फेरी अर्को गीत सार्वजनिक गरेको छ ।

    तेल खायो बत्तिले शीर्षकको गित युट्युव मार्फत जुलाई १० मा सार्वजनिक गरिएको हो । गीतमा स्वर, शब्द तथा लय प्रदिप त्रिपाठी, किशोर नेपाली, प्रदिप तिवारीको रहेको छ ।

    नेपाली समाजमा प्रचलित रतौलीका शब्दहरुलाई गीतमा समेटिएको छ । बिहेमा बेहुला पक्ष बेहुली लिन गइसकेपछी बेहुलाको घरमा बेहुलाकी आमा सहित महिलाहरु जम्मा भई गाउने गीत हो रतौली । पहिले पहिले बिहे रातीको समयमामा हुने गर्दथ्यो । रतौलीमा आमाहरुले उत्ताउला गीत गाउने भएका कारण “रात उत्ताउली” भन्दा भन्दै रौतौली रहन गएको बुढापाकाहरु बताउँछन ।

    गीतमा कलाकारहरुले आफ्नी आमा रतौली खेल्न गइसकेपछी आँफुले सपनामा देखेका कुरा प्रस्तुत गरेका छन । गीतको संगीत संयोजन तारानाथ आचार्यले गरेका हुन भने गीत डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरामा रेकोर्ड भएको हो ।

    थ्रीएम ग्रुपको निर्देशनमा तयार पारीएको गीतमा थ्रीएम ग्रुप अर्थात प्रदिप त्रिपाठी, किशोर नेपाली, प्रदिप तिवारी सहित महेन्द्र जंघ थापा क्षेत्री, शिवराज सुबेदी, बिष्णु प्रसाद बराल, कृष्ण तिवारीको अभिनय रहेको छ । गीतको छायांकन गणेश सापकोटाले गरेका हुन भने सम्पादन सुबाश अम्गाईँले गरेका हुन ।

    हेर्नुहोस भिडियो

     

  • ११ श्रावण २०७७, आईतवार ००:२९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ