बर्दिया । परिवर्तनका संवाहक किशोरी कक्षामा संलग्न किशोरीहरुले राजापुर नगरपालीका को वार्ड नं ६ महुवा गाउँमा बालविवाह बिरुद्ध घरदैलौ कार्यक्रम गरेका छन् । प्लान ईन्टर नेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँके को साझेदारीमा सञ्चािलत बालविवाह रोकथाम परियोजना अन्तर्गत गठित किशोरी समुहले बाल विवाह विरुद्ध अभियान सुरु गरेका हुन् । किशोरी समुहकी सदस्य दिलकुमारी थारुले समाजका बाल विवाह व्यापक रुपमा वढिरहेको र यसको रोकथाम तथा नियन्त्रण का लागी आफुहरुले घरदैलो कार्यक्रम गरेको बताईन । प्लान ईन्टरनेशनल नेपाल का नेतृत्व तथा निर्णय बिषय बिशेषज्ञ बिनय ज्ञवालीले प्लान ईन्टरनेशनल नेपाल ले बिद्यमान समाजमा रहेका रुढीवादी प्रथा तथा हानिकारक अभ्यासका बिरुद्ध बिभिन्न खाले गतिविधिहरु सञ्चालन गरिरहेको र किशोरीहरुको शसक्तिकरण गर्दै लैंगीक हिंसा बिरुद्धको १६ दिने अभियानलाई अभियान सफल बनाउन विभिन्न संघसस्था मार्फत सहयोग गरिरहेको जनाईन । प्लान ईन्टरनेशलन नेपालको साझेदारीमा बी ग्रुप बाँकेले राजापुर, गुलरिया, बढैयाताल र बाँसगढीमा बालविवाह रोकथाम परियोजना सञ्चालन गरिरहेको छ ।