सल्यानमा दुर्घटना हुँदा चालकको मृत्यु - Dastabej

सल्यानमा दुर्घटना हुँदा चालकको मृत्यु


  • मनोज डाँगी

  • सल्यान । सल्यानमा टयाक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे तिर बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारबाट वामे जाँदै गरेको भे २ त २७२ नम्बर को टयाक्टर बनगाड कुपिण्डे नगरपालिका ३ च्युरिगैरा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी ट््याक्टर चालक बनगाड कुपिण्डे नगरपालिका २ वामेका २१ वर्षीय लोकश वि।क। रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।
    टयाक्टर सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • २४ मंसिर २०७७, बुधबार ०७:१० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार