बर्दिया । यहाँका ८ वटै स्थानीय तहमा पूर्ण खोप निर्देशिका वमोजिम पूर्ण खोप घोषणा तथा सुनिश्चितता गरी जेष्ठ मसान्तसम्म वर्दियालाई पूर्ण खोप जिल्ला घोषणा प्रतिबद्धता जनाइएको छ । त्यस्तै पूर्णखोप दिगोपनको कार्यक्रम गरिने छ । स्वास्थ्यकार्यालय, वर्दियाको आयोजनामा स्थानीय सरकार प्रमुख र अधिकारीहरुले उक्त प्रतिबद्धता जनाएका हुन । सामाजिक विकास मन्त्री सुर्दशन बरालले भर्चुवलवाट सम्वोधन गर्दै लुम्विनीप्रदेशका चार जिल्लाहरु बर्दिया, बाँके, कपिलवस्तु, पुर्बि रुकुम जिल्लालाई चालु आर्थिक वर्षमै पुर्ण खोप जिल्ला घोषणा गर्ने योजना रहेको बताए ।
कार्यक्रमको सहजिकरण स्वास्थ्यकार्यालय, वर्दियाका प्रमुख गोकर्ण गिरीले गरे । उनका अनुसार बर्दियामा हाल २ वर्ष मुनिका वच्चाहरु मध्य वि.सि.जि. खोप ७९ प्रतिशत, डि.पि.टि. हेपाटाईटिस हिपवि.७६ प्रतिशत, पि.सि.वि.७८ प्रतिशत, दादुरा रुबेला ७५ प्रतिशत र जापानिज ईन्सेफलाईटिसको खोप ८० प्रतिशतवच्चाहरुले पाएका छन् । कार्यक्रम जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य तिलकराम शर्मा, कुलप्रसाद पोख्रेल, कबिरामथारु लगायतको उपस्थिती रहेको स्रोत व्यक्ति नरेश श्रेष्ठले जनाए ।