बिटमा महिला प्रहरीको माग - Dastabej

बिटमा महिला प्रहरीको माग

स्थानियहरुले २/३ बर्ष देखि महिला प्रहरीको माग गर्दै आएपनि जिल्ला प्रहरी कार्यालयले अहिले सम्म पठाएको छैन


  • दस्तावेज

  • नेपालगन्जको वडा नम्बर १२ मा रहेको भेरी प्राबिधिक चोकमा रहेको प्रहरी बिटमा महिला प्रहरी नहुदां समस्या भएको छ। भेरी प्राबिधिक बिटमा अहिले ३ पुरुष प्रहरी जवान र एक जना प्रहरी हवल्दार रहेका छन्।

    भेरी प्राबिधिक बिटमा रहेका पुरुष प्रहरीलाई कुनै पनि महिलालाई नियन्त्रणमा लिन असहज रहदै आएको छ । नियम अनुसार कुनै पनि महिलालाई पक्राउ गर्न महिला प्रहरी नै आबश्यक हुन्छ तर पनि त्यस बिटमा रहेका पुरुष प्रहरीले जसोतसो कार्य गर्दै आएको नेपालगन्ज १२ का अध्यक्ष बुद्दि सागर सुबेदीले बताए। अध्यक्ष सुबेदीले महिला प्रहरीको लागि जिल्ला प्रहरी कार्यालयमा माग गरिएको बताए । स्थानियहरुले २/३ बर्ष देखि महिला प्रहरीको माग गर्दै आएपनि जिल्ला प्रहरी कार्यालयले अहिले सम्म पठाएको छैन ।

    जिल्ला प्रहरीले भेरी प्राबिधिक बिटमा एक जना महिला प्रहरीलाई कसेकम १० बजे देखि ५ बजे सम्म खटाउदा असल हुने एक स्थानियले बताए। कुनै महिलाले गलत कार्य गरेमा त्यस बिटमा रहेका पुरुष प्रहरीले सम्झाएर जिल्ला प्रहरी पठाउदै आएका छन्। तर कति गलत कार्य गर्ने महिला अटेरी हुने हुदाँँ पक्राउ नियन्त्रण गर्न महिला प्रहरी नै आबश्यक रहेको छ । प्रहरी बिटले कोरियनपुर बेलासपुर ,मुक्तिपुर,नयाँ बस्ती ,नसिङहोम क्षेत्रमा सुरक्षा दिदै आएकोछ ।

  • २४ मंसिर २०७७, बुधबार १४:४६ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा