नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्नेका लागि नेपालगन्जमा प्रशिक्षण शुरु – Dastabej

नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्नेका लागि नेपालगन्जमा प्रशिक्षण शुरु

आफ्नो जन्मथलो नेपालगञ्जमै कलाकारिता र विशेषगरि नाट्य कलाको विकासका लागि आगामी दिनहरु समर्पण गर्ने अठोट लिएको बताउँदै हमालले निकट भविष्यमा नाट्य फेष्टिवलको आयोजना गर्नुका साथै अवधी संस्कृति र कलाको जगेर्ना र प्रवद्र्धनका लागि पनि काम गर्ने योजना भएको आयोजकले बताएको छ


  • दस्तावेज

  • नेपालगञ्जमा पहिलो पटक नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्नेका लागि आज देखि प्रशिक्षण शुरु भएको छ । प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेतलगायतका जिल्लाहरुबाट नाट्यमा रुचि राख्ने करीब ३ दर्जन युवाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालगञ्जमा सात दिने कार्यशालाको आयोजना गरेको हो ।
    कार्यशालाको मुख्य प्रशिक्षकका रुपमा नेपालगञ्ज निवासी चर्चित चलचित्र कलाकार वीरेन्द्र हमाल रहनु भएको छ । नाट्य कला क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित हमालले नेपालगञ्जमा कला क्षेत्रमा रुचि राख्नेहरुको प्रतिभा निखार्न उनीहरुका लागि प्रशिक्षणको आयोजना गर्न लागेको बताउनु भएको छ ।
    बाल्यकालदेखि नै नेपालगञ्जमा कलाकारिताको क्षेत्रमा आवद्ध नेपालगञ्ज घरवारी टोलमा जन्मिनु भएका हमाल नेपाल साँस्कृतिक प्रतिष्ठान, राष्ट्रिय नाचघरको नाट्य विभागका प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । वि.सं २०४० सालमा कलाकारिताको सीप सिक्न काठमाडौं लागेका हमालले छात्रवृत्ति पाएपछि भारत, चीन, कोरिया लगायतका मुलुकमा गई प्रशिक्षण लिनु भएको छ र उहाँद्वारा प्रशिक्षित कलाकारहरु नेपालकै चर्चित कलाकारको रुपमा अहिले स्थापित भएका छन् । आफ्नो जन्मथलो नेपालगञ्जमै कलाकारिता र विशेषगरि नाट्य कलाको विकासका लागि आगामी दिनहरु समर्पण गर्ने अठोट लिएको बताउँदै हमालले निकट भविष्यमा नाट्य फेष्टिवलको आयोजना गर्नुका साथै अवधी संस्कृति र कलाको जगेर्ना र प्रवद्र्धनका लागि पनि काम गर्ने योजना भएको आयोजकले बताएको छ
    बाँकेबाटै राष्ट्रिय स्तरका कलाकार रंगकर्मीहरु उत्पादन गर्ने लक्ष्य रहेको आयोजकले बताएको छ ।

  • २४ मंसिर २०७७, बुधबार २१:५३ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. काँखमा रहेकी ३ वर्षकी छोरीसहित हात्तीले पछारेपछि आमाछोरीको मृत्यु