छोरी अञ्जुले दिइन् बुवालाई दागबत्ती - Dastabej

छोरी अञ्जुले दिइन् बुवालाई दागबत्ती


  • दस्तावेज

  • घोराही । दिवंगत बुवाको पार्थिव शरीरमा छोरी अन्जु चौधरीले दागबत्ती दिएकी छिन्। घोराही उपमहानगपालिका १७ गुलरिया निवासी ५७ बर्षीय दिवंगत प्रकाश चौधरीकी कान्छी छोरी अन्जुले दागवत्ती दिएकी हुन्। संभवत दाङ उपत्यमामा थारु समुदायमा पहिलोपटक दिंवगत बुवालाई छोरीले दागवत्ती दिएको घटना हुन सक्छ । हिन्दु संस्कार अनुसार छोराले दागवत्ती दिने परम्परा रहदै आएपनि त्यो परम्परालाई चिर्दै अन्जुले दिंवगत वुवाको पार्थिव शरीरमा दागबत्ति दिएकी हुन । विगत लामो समयदेखि मुटुको विरामी रहेका चौधरीको बुधवार विहान आफनै निवासमा निधन भएकोथियो । दिंवगत चौधरीको ४ छोरी छन् । चार छोरी मध्य तीन छोरीको विवाह भइसकेको छ भने कान्छी छारी अन्जुले वुवालाई रेखदेख गर्दै आएकी थिइन ।
    यसैविच थारु कल्याणकारिणी सभाकाका अध्यक्ष भुवन चौधरीले छोरी पनि छोरा सरह काम गर्न सक्छ भन्ने उदाहरण पेश गरेको बताए । अहिलेसम्म छोराले मात्र दाग बत्ति दिनुपर्छ भन्ने हिन्दुहरुको मान्यता रहेपनि छोरीले दागवत्ती दिएर नयाँ संस्कारको शुरुवात गरेको उनले बताए

  • २५ मंसिर २०७७, बिहीबार ०९:४० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा