नेपालगन्ज । कोरोना संक्रमित कैलाली र कन्चपुरका एकएक जना गरी दुई जनाको मृत्यु भएको छ । उनीहरुको शिक्षण अस्पताल कोहलपुरमा बुधबार राति पौने १० र सवा ८ बजे मृत्यु भएको हो । कैलाली जमुनी २ का ६७ वर्षीय पुरुष र कन्चनपुर बेलौरी ९ का ४५ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि कोहलपुर ल्याइएको थियो । यो संगै बाहिर जिल्लाबाट उपचारका लागि ल्याईका कोरोना ंक्रमणित मध्ये ६६ पुगेको छ ।