चार जिल्ला जोड्ने च्वाँक चेपाङ – Dastabej

चार जिल्ला जोड्ने च्वाँक चेपाङ

बाँसगढी नगरप्रमुख भन्छन्—पर्यटकीय क्षेत्र बनाउँछौ


  • दस्तावेज

  • नेपालगन्ज—सुर्खेत राजमार्ग अन्र्तगतको बबै नदी छेउमै बर्दिया बाँसगढी नगरपालिकाको सुन्दर गाउँ चेपाङ । लुम्बिनी र कर्णाली प्रदेशको बाँके, बर्दिया, सुर्खेत र सल्यानलाई यसले जोडेको छ । प्रकृतिको काँखमा छ यो गाउँ । बबई नदी, चुरे र बर्दिया राष्ट्रिय निकुन्ज यसको गहना हुन । त्यसो त बबई नदी ५ नम्बर र कर्णाली प्रदेशको सीमा हो । पर्यटकीय हिसाबले सम्पन्न यो गाउँ भने प्रचारप्रसार अभावमा ओझेलमा छ । त्यसो त आसपासका स्थानीयहरु पिक्निकका लागि पुग्ने गरेका छन् । बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले चेपाङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल गरिरहेको दाबी गर्छन । ‘स्वर्गजस्तै सुन्दर चेपाङ गाउँलाई पर्यटकीय क्षेत्र बनाउन पहल भइरहेको छ,’ उनले भने ।

    सवारी साधनबाट आउजाउ गर्ने कर्णाली प्रदेशका यात्रुलाई लक्षित गरी होटेल छन् । माछाका लागि यो ठाउँ लोकप्रीय छ । तर भुगोलको हिसाबले यहाँको दैनिकी बाँकेमै निर्भर छ । बिद्युत सेवा सुर्खेतबाट उपभोग गर्दै आएका छन् । उक्त बस्ती बर्दियाको सुदुरपुर्ब हो । बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्न दुई दिन लाग्ने गरेका कारण उनीहरुको दैनिकी अरु जिल्लासंग जोडिन पुगेको हो । नेपालगन्जबाट करिव ३५ र बर्दियाको सदरमुकाम गुलरियाबाट करिव ८० किलो मिटर उत्तरमा पर्छ । बर्दियाबाट त्यहाँसम्म बिद्युत बिस्तार नभएका कारण सुर्खेतको प्राधिकरणको बिजुली प्रयोग गर्दै आएका छन् । तर, बिद्युत महसुल बुझाउन त्यहाँबाट सुर्खेत पुग्न पनि उनीहरुलाई करिव ६५ किलो मिटर पार गर्नुपर्छ । सार्वजनिक यातायाता चल्ने भएकाले त्यही नै पायक पर्छ । बाँके, बर्दिया, सुर्खेतको सीमाको चेपाङ गाउँ क्षेत्रलाइ पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बाँसगढी नगरपालिकाले नीति तथा कार्यक्रममा पारेको छ । उक्त क्षेत्र जिल्लाको विकट मानिन्छ । वडा नम्बर १, २ र ३ मा पर्ने गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको हो । नगरपालिकाले त्यसका लागि बजेट छुट्याएको छ । बबई छेउमा पिक्निक स्र्पोट र भ्युटावर निमार्ण गरिने छ । भ्युटावरबाट बर्दिया निकुन्ज र सुन्दर चेपाङ गाउँ हेर्न सकिने छ । त्यस्तै निकुन्जको मध्यवर्ती क्षेत्रमा पार्क निमार्ण गर्ने लक्ष्य छ । उक्त पार्कमा बाघको मुर्ती राखिने छ । बर्दियाको चिनारीका लागि पार्कमा बाघको मुर्ती राखिने भएको हो । बर्दिया निकुन्जमा ८० पाटे बाघ छन् । गाउँहरुमा होमस्टे राख्ने लक्ष्य छ । त्यसका लागि स्थानीयलाई नगरपालिकाले केही आर्थिक सहयोग गर्ने छ ।

    स्थानीय तह गठन अघि उक्त क्षेत्र बेलवा गाविसमा पर्थ्यो । सदरमुकाम गुदलरिया पुग्न करिव ८० किलो मिटर दुरी पार गर्नुपर्ने बाध्यता छ । गाविसमै पुग्न एकदिन लाग्थ्यो । नेपालगन्जबाट करिव ३५ किलो मिटर उत्तर पर्ने चेपाङबस्तीको दैनिकी बॉकेमै निर्भर हुने गरेको थियो । हाल चेपाङमा बस्ती बिस्तारसंगै बजार पनि बढेको छ । यसले उनीहरुको दैनिकी केही सहज भएको छ । नगरपालिका प्रमुख अधिकारीले पर्यटकीय क्षेत्रका बनेसंगै यहाँको विकासले गति पाउने विश्वास व्यक्त गरे । उनले विकट गाउँहरुमा हाल वडा कार्यालय मार्फत सरकारी सेवासुविधा उपलब्ध गराइरहेको जनाए ।

  • २५ मंसिर २०७७, बिहीबार १५:०४ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा