सलहको भाग्य .... मान्छे जतिसुकै ठूलो बनोस । परिस्थितले उसको जीवन सलहजस्तै बनाई दिन्छ । - Dastabej

सलहको भाग्य …. मान्छे जतिसुकै ठूलो बनोस । परिस्थितले उसको जीवन सलहजस्तै बनाई दिन्छ ।

सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेकान छैन / ‘यी सल (सलह) रन्ना, यी सल खान्ना, यी बाली तिरन्ना / २००८ सालको सवाई कहन्छु २९ गते असारमा लाखौँ सलह आयो सारा अनाज उब्जिएको सबै थोक खायो ।


  • दस्तावेज

  • नेपालगन्ज—हरेक घटना वा बस्तुले ईतिहास छोडेर जान्छ । कोरोनाले मृत्युको ईतिहास रच्ने क्रम जारी छ । सलह किरा नेपाल प्रवेश गर्यो तर क्षतिको ईतिहास रच्न सकेन । तर सलह किराले एउटा ईतिहास रचेर गयो—किरा मार्दा २५ रुपैयाँ किलोमा बिक्री । धान गाँज लाग्ने बेलामा भारतबाट सलह किराको झुण्ड नेपाल प्रवेश गरेको थियो । आकासै ढाक्ने किराको झुण्ड बारे अनेकथरी चर्चा भयो । तर नेपाली सेनाका भुतपुर्ब अधिकृत गितकार राजेन्द्र थापाले ४६ वर्षअघि नै सलह किरालाई भाग्यसंग तुलना गरेका थिए, गीतसंगित मार्फत । २०३१ असार २८ गते लेखिएको गीत अरुणा लामाको स्वरमा छ । ‘पोहोर साल खुसी फाट्दा, सलहको भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन ।’ ‘मान्छे जतिसुकै ठूलो बनोस । जति नै घमण्ड गरोस तर परिस्थितले उसको जीवन सलहजस्तै बनाई दिन्छ,’ गीतकार थापाले भने,‘गीत लेखेको ४६ वर्षपछि सलहले गर्ने क्षति बारे हेर्न पढ्न पाइयो ।’ उनले पढ्नेलेख्ने उमेरमै सलह बारे सुनेपछि गीतमै उक्त शब्ढ उतारे ।
    पोहोर साल खुसी फाट्यो जतन गरी मनले टाँले
    त्यही साल माया फाट्यो त्यसैलाई पनि मनले टाँले
    यसपाली त मनै फाट्यो के ले सिल्ने के टाल्ने हो ?
    सांँस फेरजस्तो लाग्छ
    तर भन्छन् मरी सकिस
    तेरो भाग्य यति नै हो
    भोगचलन गरिसकिस
    सलहको भाग्य मेरो
    मर्ने बाँच्ने ठेकान छैन
    भाग्य फाटिसक्यो बरु
    तर मन सिउने केले हो ?

    ‘सलह बालीनालीमा मात्रै होईन राजनीतिमा पनि आउँछ । सत्ता परिर्वतन हेर्नुस । कसैको केही लाग्दैन । सलह झै जीवन जान्छ,’ गीतकार थापाको प्रतिक्रिया छ । उनी २००८ असार २८ गते जन्मेका हुन । संयोगले उनी जन्मेको त्यही साल असार २९ गते सलहको झुण्ड नेपाल प्रवेश गरेको अभिलेखहरु भेटिन्छन् । स्वतन्त्र विश्व कोष ( नेपाली विकिपिडिया) का अनुसार म्याग्दीमा प्रचलित एउटा सवाईमा पनि सलहको प्रकोपको वर्णन गरिएको छ । ‘बानिया“ वंशको नालीबेली’ नामक पुस्तकमा पनि सलह बारे उल्लेख छ । विसं १९८६ मा जन्मिएका म्याग्दीका जितबहादुर बानिया“ले सलह बारे लेखेका छन् ।
    ‘सुन सुन जन हो म केही भन्छु
    २००८ सालको सवाई कहन्छु
    २९ गते असारमा लाखौँ सलह आयो
    सारा अनाज उब्जिएको सबै थोक खायो ।’

    बानियाँको उक्त सवाईमा किसानको पीडा छ । लाखा“ैको समूहमा सलह नेपालभरी प्रवेश गरेको पुष्टि हुन्छ । नेपालगन्जका अवधि भाषी साहित्यकार ७७ वर्षीय विष्णुलाल कुमालले बाँके र बर्दियामा पनि सलह किराको प्रकोप फैलिएको सम्झिन्छन् । ६९ वर्षअघि भारतबाट सलह किराको झुण्ड प्रवेश गर्दा उनी ९ वर्षका थिए । ‘किराले बालीनाली, रुखबिरुवा सखापै बनायो । रुखबिरुवामा डा“ठमात्रै बा“की थिए,’ उनी सम्झन्छन् । उनका अनुसार सलह किरा धपाउन बाँके र बर्दियाका सर्वसाधारणहरुले आगो बालेर धु“वा गरिएको थियो । ‘त्यतिबेला विषादी छर्किने चलन थिएन,’ अवधि भाषी साहित्यकार कुमाल भन्छन् ।
    नेपाल प्रज्ञा प्रतिष्ठानबाट ४५ वर्षअघि प्रकाशित तुलसी दिवसद्वारा संकलित र सम्पादित‘नेपाली लोककथामा पनि सलहको प्रसग छ । उक्त लोक कथामा बिस २००८ भन्दा २३ वर्षअघि बझाङमा सलह किराले गरेको क्षति बारे उल्लेख छ । विसं १९८५ सालमा बझाङमा गरेको क्षति बारे गीत नै लेखिएको छ । सलह धपाउ“दा धपाउ“दा दिक्क भएर स्थानीयले यस्तो गीत लेखे ।
    ‘यी सल (सलह) रन्ना, यी सल खान्ना
    यी बाली तिरन्ना
    पूर्व होई आएका सल पश्चिम छिरन्ना’

    सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ । हाल विश्वका विभिनन शहरमा फैलिएर बिनाश फैलाएको छ । यो किरा इरान हु“दै पाकिस्तान, भारत हु“दै नेपालमा प्रवेश गरिसकेको छ ।

  • २६ मंसिर २०७७, शुक्रबार १४:१९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार