करोडौंको काठ कुहिदै - Dastabej

करोडौंको काठ कुहिदै

काठ नपाएर व्यवसायी हैरान


  • दस्तावेज

  • नेपालगन्ज—डिभिजन वन कार्यालय,बाँकेले नियन्त्रणमा लिएको करोडौ मुल्यको काठ कुहिन थालेको छ । जसका कारण सरकारलाई लाखौंको घाटा भएको छ । नियन्त्रमा लिइएका काठहरु डिभिजन वन कार्यालयको परिसरमा फालिएका छन् । काठका गोलिया लहराले छोपिएको छ । हाल ४ हनार ३ सय क्युफिट काठ प्रयोगविहिन अवस्थामा छ । नियन्त्रणमा लिइएका काठका विषयमा अदालतमा लामो समयसम्म मुद्दा चल्ने गरेका कारण समयमै व्यवस्थापन गर्न नसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले बताउँछन् । उनका अनुसार मुद्दाको अन्तिम किनारा नलाग्दासम्म काठ लिलामी गर्न पाईदैन ।

    लामो समयसम्म काठ भुइमा राखिदा काठको आयुमा समेत असर पर्ने हुन्छ । यसरी प्रयो विहिन रहेका काठहरुलाई लिलाम तथा अन्य तरीकाले व्यवस्थापनका लागि वनले तत्परता देखाउनु पर्ने जिल्ला सरकारी वकिल कार्यालय,बाँकेका प्रमुख जिल्ला न्याधिवक्ता यमबहादुर बानियाले सुझाए ।
    तर लाखौंको काठ कुहिरहँदा काठ नपाएर व्यवसायीहरु समस्यामा परेका छन् । काठ मिलका सन्चालक सिता रेग्मीले काठ किन्न नपाएर व्यवसाय गर्नै समस्या भइरहेको जनाईन । उनले नियन्त्रणमा लिइएका काठहरु समयमा नै बिक्री गर्ने हो भने सरकारलाई राजस्व आउने र काठ व्यवसायीहरुलाई सहज हुने बताईन ।

  • २७ मंसिर २०७७, शनिबार १४:०१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार