नेपालगन्ज । कोरोना संक्रमिणत दैलेखको नारायण नगरपालिका वडा९ का ३८ बर्षीया महिलाको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको छ । उनलाई कार्तिक ५ गते कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि कार्तिक ७ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार शनिवार दिउँसो डेढ बजे उनको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमण भई बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ६७ जनाको मृत्यु भइसकेको छ ।