बर्दिया । बाँसगढी उद्योग बाणिज्य संघ बर्दियाले ७ औ साधारणसभाको अवसर पारेर नवनिर्मित भवनको उद्घाटन गरेको छ । नगर प्रमुख शालिकराम अधिकारी र उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य चक्र अधिकारीले भवनको उद्घाटन गरेका हुन । ५० लाख लागतमा भवन निर्माण गरिएपछि संघले आफ्नै भवन पाएको छ ।
नगरप्रमुख अधिकारीले बाँसगढीका व्यवसायीहरुलाई बधाई दिंदै नगरपालिकाको विकास निमार्णका काममा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । संघका केन्द्रयि पक्षमा सदस्य अधिकारीले यस क्षेत्रको व्यवसायीहरुको पक्षमा काम गर्न आग्रह गरे । नवनिर्वाचित केन्द्रीय सदस्यलाई संघका तर्फबाट सम्मान गरिएको छ ।
बाँसगढी उद्योग बाणिज्य संघ बाँसगढीका अध्यक्ष रामसिंह थारुले भवन निर्माणका लागि सहयोग गर्ने सबै दाताहरुलाई धन्यबाद ज्ञापन गर्दै अगामि दिनमा सहयोगको अपेक्षा गरेको बताए ।