बर्दिया मधुवन नगरपालिका – ३ का २ वर्षीय अमरेश चौधरीको उपचारका लागि बाँकेमा अमरेश चौधरी बचाऊ अभियान कार्यक्रम गरिएको छ । शनिबार बसपार्क–धम्बोझी–त्रिवेणी मोडहुँदै सेतु विक चोकमा सहयोग संकलनका लागि अभियान संचालन गरिएको छ ।
बर्दिया घर भई हाल नेपालगन्जमा बसोबास गर्दै आएका मधुवन नगरपालिका–२ का कार्यक्रम संयोजक जित बहादुर थापाक्षेत्रीका अनुसार संकलित रकम आईतबार पीडित पक्षको खातामा जम्मा गरिने बताए ।
केही महिनादेखि विरामी चौधरीको अबको केही दिनमा अप्रेशन गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको छ । निम्न आयस्तर भएका चौधरीको सहयोगका लागि घर परिवारले सार्वजनिक रुपमा अपिल गरेका छन् ।
उनलाई सहयोग गर्न चाहनेले हिमालयन बैंकको खाता नं. ००२०९०७२०५००१७ मा जम्मा गर्न सक्नुहुनेछ । सहयोगका लागि वा संकलन अभियानकर्ता थापाक्षेत्रीको मोबाईल नं. ९८०४५९७९६०, ९८४७९४८०६५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।