बझाङ्ग। बझाङ्गको बित्थड चिर गाउपालिकामा लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियानमा धेरै कार्यक्रम आयोजना अभियान सम्पन्न भएको छ। कोभिड( १९ को सङ्क्रमणलाई मध्य नजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो।
१६ दिन अघि देखि नै विभिन्न कार्यक्रम गरि २५ गते उक्त अभियान सम्पन्न भएको महिला तथा बालबालिका शाखा प्रमुख सरिता अवस्थीले बताउनु भयो। उनका अनुसार गाउपालिका भरी नौ वटै वडामा जनचेतना मुलक कार्यक्रम, लैङ्गकि हिंसा विरुद्ध सरोकालाबिच अन्तरक्रिया र गाउपालिका भरी मा बि स्तरिय वक्तृत्व कला आयोजना गरिएको थियो।
ू कोभिड(१९ ले लैङ्गिक हिंसामा पारेको प्रभाव ू शिर्षकमा वक्तृत्व कला राखेको थियो। गाउपालिकाका माध्यमिक बिधालयबाट एक स्कुलबाट एक छात्र र एक छात्रा दुई गरि जम्मा ८ जना बिद्यार्थीहरु सहभागी भएका थिए। उक्त शिर्षकमा रहि मा बि स्तरीय वक्तृत्व कला गाउपालिका नजिकै रहेको देवेश्वरी माध्यमिक बिधालायमा सम्पन्न भएको थियो।
उक्त वक्तृत्व कलामा छात्रतर्फ प्रथम स्थान हासिल गर्न सफल हुने देवेश्वरी मा बि का छात्र जनक बहादुर खडायत, दितिय स्थान हासिल गर्न सफल हुने मष्टा मा बि मल्लाधारीका छात्र बिक्रम बहादुर बिष्ट र तृतीय स्थान हासिल गर्न सफल हुने केदार मा बि बित्त्थड्का सन्तोष बोहोरा भएक थिए।
त्यसै गरि छात्रा तर्फ महादेव मा बि लिमकि बसन्ती कुमारी बोहोरा प्रथम ,केदार मा बि बित्थडकि छात्रा खगेश्वरी बोहोरा दितिय र मष्टा मा बि मल्लाधारिकी छात्रा जानकी बिष्ट तृतीय हुनु भएकी थिइन।
गाउपलिकाले आयोजना गरिएको उक्त कार्यक्रममा प्रथम , दितिय र तृतीय पुरस्कार क्रमशः २ हजार ५ सय , २ हजार र १ हजार ५ पुरस्कार प्रदान गरिएको छ।
यस्तै सान्त्वना पुरस्कार स्वरुप छात्र तर्फ महादेव मा बि लिमका मिलन खड्का र छात्रा तर्फ देवेश्वरी मा बि देउलेखकि छात्रा रमा कुमारी महर दुवैलाई रु ८ सय प्रदान गरि पुरस्कृत गरिएको गाउपालिकाले जनाएको छ।