शाखा अधिकृत दानबहादुर विष्टको कोरोनाबाट मृत्यु - Dastabej

शाखा अधिकृत दानबहादुर विष्टको कोरोनाबाट मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज उपमहानगरपालिकाका शाखा अधिकृत दानबहादुर विष्टको कोरोनाबाट मृत्यु भएको छ ।
    नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखामा कार्यरत विष्टको आज विहान दुई बजे भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।
    श्वासप्रश्वासमा समस्या भएपछि कोरोना जाँच गर्दा बिहीबार पोजिटिभ रिपोर्ट आएको थियो । त्यो दिन विष्ट घरमै बस्नु भयो । होम आइसोलेसनमा बस्दा समस्या भएपछि शुक्रबार भेरी अस्पताल, नेपालगञ्जमा भर्ना हुनु भएको थियो । उहाँको उपचारको क्रममा आइतबार विहान २ बजे मृत्यु भएको छ ।
    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४, बसपार्कमा विष्टको घर रहेको छ । उहाँका सबैजसो आफन्तीहरु कैलालीमा छन् । शवलाई कैलाली लैजाने तयारी भएको छ ।
    कोरोनाबाट नेपालगञ्ज उपमहानगरपालिकाका दुई जना कर्मचारीको मृत्यु भएको छ । यसअघि जिन्सी शाखाका युवराज घलेको मृत्यु भएको थियो । नेपालगञ्जमा एकजना जनप्रतिनिधिका पनि मृत्यु भएको छ ।

  • २८ मंसिर २०७७, आईतवार ०९:२५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता