बर्दिया निकुन्जमा गैंडाको संख्या थपिदै – Dastabej

बर्दिया निकुन्जमा गैंडाको संख्या थपिदै

२२ बाट ३६ पुग्यो


  • दस्तावेज

  • नेपालगन्ज— बर्दिया राष्ट्रिय निकुन्जमा गैंडाको संख्या बढ्ने क्रममा छ । एक दशकयता गैंडा चोरी शिकारीका घटना शुन्यमा झरेपछि संरक्षणमा बल पुगेको छ । निकुन्जका मध्यवर्ती क्षेत्रका स्थानीयहरु समेत संरक्षणमा सहयोग गरेपछि दुर्लभ बन्यजन्तु गैंडाको संख्या थपिएको हो । एक दशकयता गैंडाको संख्या ३६ पुगेको छ । सन २००८ मा संख्या २२ मा झरेको थियो । बबई उपत्यको परेवाओडरमा छाडिएका डेढ दर्जन बढी गैंडा चोरी शिकारी भएपछि संख्या एकाएक घटेको थियो । हाल बबई भ्यालीमा ६ गैंडा रहेका छन् । एक गैंंडा आफ्नै कालगतिले म¥यो । उक्त क्षेत्रमा चितवन राष्ट्रिय निकुन्जबाट गैंडा ल्याएर छोडिएको छ । तर सन २०१९ मा गरिएको गणनामा संख्या बढेको देखिएको छ । राष्ट्रिय प्राकृति संरक्षण कोष कार्यक्रमले दुलर्भ मानिने गैंडाको संख्या बढ्ने क्रममा रहेको जनाएको छ । बर्दिया निकुन्जका प्रमुख संक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले नयाँ गणनाको काम गर्न बाँकी रहेको जनाए । ‘पहिलेभन्दा गैंडाको संख्या सुधारउन्मुख भएको पाइएको छ । चोरी शिकारी नियन्त्रणपछि संख्या बढेको हो,’ उनले भने‘सशस्त्र द्वन्द्वकालमा बढी गैंडा हराएका थिए ।’
    न १९८६ मा चितवन राष्ट्रिय निकुन्जबाट बर्दिया राष्ट्रिय निकुन्जमा गैंडा हस्तान्तरण गरिएको थियो । सन २००० मा गैंडाको संख्या ६३ पुग्यो । सन २००५ मा बढेर ६७ पुग्यो । तर त्यसको दुई वर्षपछि आधाभन्दा बढी संख्या घट्यो । सन २००७ मा गैंडाको संख्या घटेर ३१ मा झरेको तथ्यांक छ । त्यसयता सन २००८ मा अझै घटेर २२ मा झ¥यो । तर सन २०११ देखि गैंडाको संख्यामा सुधार उन्मुख देखिएको छ । उक्त समयमा गैंडाको संख्या २४ पुग्यो । सन २०१५ मा २९ र हाल ३६ संख्या पुगेको छ । बर्दिया राष्ट्रिय निकुन्ज सुरक्षार्थ नेपाली सेना परिचालन गरिएका छन् । तर मध्यवर्ती क्षेत्रका किसानको बालीनाली नष्ट गरेको भन्दै बन्यजन्तु र मानव द्वन्द्व बढेका कारण संरक्षणमा चुनौती थपिएको थियो । तर पछिल्लो समय स्थानीयले भने बन्यजन्तु संरक्षणमा जोड दिंदै आएका छन् । चोरीशिकारी नियन्त्रणका लागि स्थानीयहरुले समूह बनाएका छन् । बाल क्लबहरु परिचालित छन् । बन्यजन्तु हेर्न पर्यटकरु आउन थालेपछि स्थानीयले संरक्षणमा जोड दिएका हुन । त्यसबाट स्थानीयलाई केही आर्थिकक फाईदा हुन थालेको छ । निकुन्जका गैंडा सामुदायिक वनमा पाईन्छ । डल्लाको शिव समुदायिक वनमा गैंडा आउजाउ गरिरहन्छन् । गैंडा हेर्न पर्यटकहरु डल्ला होमीस्टे पुग्छन् । बर्दिया राष्टिय« निकुञ्जले खाग तस्करी गरेको अभियोगमा एक दशकअघि पाँच दर्जन मुद्दा चलाएको थियो । गैंडाको खाग महँगोमा बिक्री हुने भन्दै चोरीशिकारी हुँदै आएको थियो ।

  • २८ मंसिर २०७७, आईतवार १४:५३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर