राजापुरमा स्वास्थ्य अधिकार सम्बन्धि संवाद - Dastabej

राजापुरमा स्वास्थ्य अधिकार सम्बन्धि संवाद


  • दस्तावेज

  • बर्दिया । राजापुर नगरपालिकामा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि एक दिने संवाद बैठकको आयोजना गरियो । नगरपालिका मातहत रहेका स्वास्थ्य केन्द्रहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार को सेवाको प्रभावको अवस्था र शिक्षण संस्थाहरुमा बृहद यौन शिक्षा बिषयमा पठनपाठनको बिषयमा संवाद बैठकमा छलफल गरिएको हो । संवाद बैठकमा जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका प्रमुख, महिला शाखा प्रमुख, शिक्षा ईकाई प्रमुख, स्वाथ्य केन्द्रका प्रतिनिधिहरु, प्रधानाध्यापकहरु को सहभागीता रहेको थियो । बैठकले नगरपालिका भित्र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार को सेवाहरुलाई प्रभावकारी र गुणस्तिरीय बनाउने प्रतिवबद्धता गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) बाँके को साझेदारीमा सन्चालित बाल विवाह रोकथाम परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

  • २८ मंसिर २०७७, आईतवार १५:५५ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा