आश लाग्दी अमिसा, भोजपुरीमा बढ्यो डिमान्ड - Dastabej

आश लाग्दी अमिसा, भोजपुरीमा बढ्यो डिमान्ड

१७ वर्षीया उनले मै हुँ भन्ने मोडेललाई टक्कर दिन थालेकी छन् । उनलाई म्युजिक भिडियोमा दैनिकजसो अफर आउन थालेको छ ।


  • दस्तावेज

  • नेपालगन्ज– नाम अमिसा लामा । उमेर १७ वर्ष । स्थानीय बिद्यालयमा १० कक्षामा अध्ययनरत । बर्दिया राजापुर नगरपालिका ४ राजापुरगाउँकी ५ फिटे फुच्ची अमिसाले मै हुँ भन्ने मोडेललाई टक्कर दिन थालेकी छन् । उनलाई म्युजिक भिडियोमा दैनिकजसो अफर आउन थालेको छ । एकै दिन दुईटासम्म अफर आउने गरेको उनले सुनाईन ।

    अभिनय र डान्समा गजव प्रफामेन्स देखिएपछि उनी धेरैको नजरमा परेकी छन् । किशोरी उमेरमै उनले ८ वटा म्युजिक भिडियोमा खेलिसकिन । जुन सर्वत्र सुचाइएको छ । भारत उत्तर प्रदेश बहराईचका म्युजिक भिडियो निर्माताहरुले पनि उनको डान्सलाई मन पराएका छन् । भोजपुरीका तीन गीत मुभि उनले खेलिसके । रिलिजको तयारीमा छ । भोजपुरी गीत मुभिमा उनले १० हजार भारु पारिश्रमिक लिए ।

    ‘भोजपुरी गीतमा मोडलिङ गर्दा निकै खुसी लागेको छ । यो उमेरमा सबैले मेरो कलालाई मन पराईदिंदा आफै दंग छु,’ उनले दस्ताबेजडटकमसंगको कुराकानीमा भनिन् ।

    यसअघि उनले सुनुसुनु लगे रे, देउनक माला, लुटा दु जवानीया, चलो हो सखीयालगायतका गीतमा अभिनय गरिसकेकी छन् । उनले दर्जनौ पुरस्कार र सम्मान पाएकी छन् । ‘सानैदेखि नाच्थे । अभिनय गर्थे । त्यही कला अहिले आएर मेरा खुबी बनेको छ,’ अमिसाले भनिन् । अभिनयमा लागे पनि उनी पढाईलाई निरन्तरता दिने बचन दिईन । पढाईप्रति उनी पूर्ण सचेत छन् । तर भविष्यमा भने उनी चल्तीको अभिनेत्री बन्न सपना बोकेकी छन् । ‘यो वर्ष एसईई दिन्छु । पास जरुर हुन्छु । अभिनय संगसंगै पढाईलाई निरन्तरता दिने छ,’ उनले भनिन्,‘मेरो अन्तिम इच्छा भनेको हिरोनी बन्नु हो । ’

  • २९ मंसिर २०७७, सोमबार ०९:२५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता