नेपालगन्ज— बर्दिया बाँसगढीस्थित एैचोपैचो कृषि सहकारी संस्था लिमिटेडले सर्वसाधारणहरुको सहुलियतका लागि एम्बुलेन्स सेवा सन्चालनमा ल्याएको छ । बाँसगढी, बढैयाताल गाउँपालिका र बारबर्दियाका सर्वसाधारणहरुलाई लक्षित गरी एम्बुलेन्स सन्चालनमा ल्याएको लिमिटेडका अध्यक्ष खडकबहादुर खडकाले बताए । उनले अरु एम्बुलेन्सभन्दा सस्तो भाडा दरमा सेवा दिने जनाएका छन् । उक्त एम्बुलेन्स अत्याधुनिक रहेको छ । एम्बुलेन्सका लागि बाँसगढीस्थित बाँसगढी फार्मेसीको ९८६८०८२७७२ र ९८४५४१५८१५ मा सम्पर्क गर्न सकिने उनले बताए ।