साताव्यापी अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न,नृत्य निर्देशक गुरुङ सहित तीन जना सम्मानित - Dastabej

साताव्यापी अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न,नृत्य निर्देशक गुरुङ सहित तीन जना सम्मानित

कला संगीतको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका लागि यस क्षेत्रकै वरिष्ठ संगीतकार तथा गायक स्वर्गीय महेन्द्र हमालको स्मृतिमा स्थापित शान्ति–महेन्द्र हमाल प्रतिष्ठानद्वारा लोक गायक कमल विके निर्मोही, नृत्य निर्देशक सुन्दर गुरुङ्ग र अवधी कलाकार रंगकर्मी वीरेन्द्र हमाललाई सम्मान गरिएको थियो


  • दस्तावेज

  • नेपालगञ्ज– रंगमञ्च, नाट्य, चलचित्र कलाप्रति चासो र रुचि राख्ने युवाहरुका लागि यहाँ आयोजित साताव्यापी अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ ।
    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पहिलो पटक नेपालगञ्जमा प्रशिक्षण गराएको थियो । प्रशिक्षणमा बाँके, बर्दिया, दाङ्ग, कैलाली, सुर्खेत, अछाम, कालिकोट लगायतका जिल्लाहरुबाट ३७ जना युवाहरुको सहभागिता रहेको थियो । नेपाल साँस्कृतिक प्रतिष्ठान, राष्ट्रिय नाचघरको नाट्य विभागका प्रमुख चर्चित वरिष्ठ रंगकर्मी, चलचित्र नायक, निर्देशक वीरेन्द्र हमालले प्रशिक्षणमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिनु भएको थियो ।
    समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले एक मार्मिक अवधी नाटकमा अभिनय पनि प्रदर्शन गरेका थिए । लुम्विनी प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य निशा शर्मा पोखरेल, शान्ति–महेन्द्र हमाल प्रतिष्ठानका संरक्षक शान्ति हमाल, वरिष्ठ पत्रकार पूर्णलाल चुकेले प्रमाण पत्र वितरण गर्नु भयो ।
    सोही कार्यक्रममा कला संगीतको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका लागि यस क्षेत्रकै वरिष्ठ संगीतकार तथा गायक स्वर्गीय महेन्द्र हमालको स्मृतिमा स्थापित शान्ति–महेन्द्र हमाल प्रतिष्ठानद्वारा लोक गायक कमल विके निर्मोही, नृत्य निर्देशक सुन्दर गुरुङ्ग र अवधी कलाकार रंगकर्मी वीरेन्द्र हमाललाई सम्मान गरिएको थियो । कलाकारत्रयलाई प्रदेश सभासद् हमाल, प्रतिष्ठानका संरक्षक शन्ति हमाल, प्रतिष्ठानका अध्यक्ष तथा एम. आर्ट थियटरका प्रवन्ध निर्देशक वीरेन्द्र हमालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
    लोक गायक कमल विके निर्मोहीले सञ्चालन गरेको सो कार्यक्रममा वरिष्ठ पत्रकार पूर्ण लाल चुके, भेरी साहित्य समाजका केन्द्रीय महासचिव लेक प्रसाद प्याकुरेल, नृत्य निर्देशक सुन्दर गुरुङ्ग लगायतले नेपालगञ्जमा भाषा, साहित्य, कला संस्कृतिको क्षेत्रका कार्यरत संस्थाहरुको साझा मञ्चको रुपमा स्थायी सभागृह बनाउन आवश्यक भएको र यसका लाथि स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
    वाल्यकालदेखि नै नेपालगञ्जमा कलाकारिताको क्षेत्रमा आवद्ध नेपालगञ्ज घरवारी टोलमा जन्मनु भएका रंगकर्मी, नाट्य कला, चलचित्रको क्षेत्रमा राष्ट्रिय स्तरमा स्थापित हमालले यस क्षेत्रका कला क्षेत्रमा रुचि राख्नेहरुको प्रतिभा निखार्न उनीहरुका लागि प्रशिक्षणको आयोजना गरेको बताउनु भयो । भारत, चीन, जापान, कोरिया लगायतका मुलुकमा गई प्रशिक्षण लिनु भएका हमालद्वारा प्रशिक्षित कलाकारहरु नेपालकै चर्चित कलाकारको रुपमा अहिले स्थापित भएका छन् । आफ्नो जन्मथलो नेपालगञ्जमै कलाकारिता र विशेषगरि नाट्य कलाको विकासका लागि आगामी दिनहरु समर्पण गर्ने अठोट लिएको र सबैको साझा मञ्च निर्माण गर्नका लागि पहल गर्ने बताउँदै हमालले निकट भविष्यमा नाट्य फेष्टिवलको आयोजना गर्ने बताउनु भयो ।सुनपानि बाट

  • ३० मंसिर २०७७, मंगलवार २२:४२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता