होलेरीका प्रहरी निरीक्षक खड्काको सक्रियता – Dastabej

होलेरीका प्रहरी निरीक्षक खड्काको सक्रियता


  • महेन्द्र खड्का

  • रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पा लिवाङबाट सरुवा भएर प्रमुखका रुपमा ईलाका प्रहरी कार्यालय होलेरीमा आएका प्रहरी निरीक्षक शंकर खड्का आफै डिउटीमा खटिने गरेका छन् । उनी खाली बसेको देख्न पाइन्न। कहिले टोलिसहित घोराही(होलेरी शहिदमार्गमा सवारी चेकजांचमा खटिएको अबस्थामा हुन्छन्।कहिले विभिन्न गाउँहरुमा सचेतनामुलक कार्यक्रममा पुग्छन् । रुन्टीगढी गाउँपालिका भित्रका बिद्यालयहरुमा पुगेर लैङ्गिक हिंसा,लागु औषध दुर्व्यसनले ब्यक्तिको स्वास्थ्य,परिवार,समाज र सिंगो राष्ट्रलाई पुर्याउने असर बारे बिद्यार्थीहरुलाई सचेत बनाउँने अभियानको शुरूवात गरेको उनले जनाए । गाउँ,समाजमा अपराध न्यूनीकरण गर्ने उद्देश्यका साथ उनले विभिन्न कार्यक्रमा सन्चालन गरेका हुन । गत शुक्रबार सुर्पाल बजारमा र सनिवार रुन्टीगढी गाउँपालिकाकै दुर्गम बस्ति मानिने वडा नम्बर ८ को विभिन्न गाउँमा सचेतना मुलक कार्यक्रम गरिएको छ । यसै बिच होलेरी स्थित महेन्द्र माध्यमिक बिद्यालय र गणेश मा।बि।धौलाबाङ र नेपाल राष्ट्रिय माबि डुब्रिङमा पुगेर समेत बिद्यार्थी हरुलाई सचेतना मुलक प्रशिक्षण र्दिएका छन् ।ईलाका प्रहरी कार्यालय होलेरीमा आएका प्रहरी निरीक्षक शंकर खड्का आफै डिउटीमा खटिने गरेका छन् ।

  • १ पुष २०७७, बुधबार १०:३३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर