नेपालगन्ज । कोरोना संक्रमित शुक्लाफाँटा कन्चनपुरकी २८ वर्षीया महिलाको मध्यराती १ः१५ बजे मृत्यु भएको छ । कोभिड १९ संकट व्यवस्थापन समितिका अनुसार कन्चनपुरबाट उपचारका लागि बाँके ल्याएकी उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै बाहिर जिल्लाबाट उपचारका लागि बाँके ल्याइएका ७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।