वडास्तरीय पुरुष भलिबलको उपाधि वडा नम्बर ४ लाई - Dastabej

वडास्तरीय पुरुष भलिबलको उपाधि वडा नम्बर ४ लाई


  • दस्तावेज

  • तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा सञ्चालित प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ । मंगलबार भएको फाइनलमा वडा नम्बर २ लाई ३–२ सेटमा पराजित गर्दै वडा नम्बर ४ ले उपाधि जितेको हो । उपाधिसँगै वडा नम्बर ४ ले नगद ५० हजार, गोल्डमेडल तथा प्रमाणपत्र हात पारेको छ भने दोस्रो भएको वडा नम्बर २ ले ३० हजार नगदमा चित्त बुझाएको छ । त्यस्तै मंगलबारै तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा वडा नम्बर ८ ले वडा नम्बर १ लाई ३–२ सेटले हराएको छ । उसले नगद २० हजार हात पारेको छ ।
    प्रतियोगितामा विधागत बेस्ट डिफेन्सतर्फ वडा नम्बर ४ का शिवराज गलामी, बेस्ट सर्भर वडा नम्बर २ का प्रेमबहादुर भण्डारी, बेस्ट सेटरमा वडा नम्बर ४ का प्रकाश फाल, बेस्ट स्पाइकरमा वडा नम्बर २ का एलिस थापा, बेस्ट ब्लकर वडा नम्बर १ का वेष्टर्न थापा, बेस्ट प्लेयर वडाद नम्बर ४ का सुरज खत्री र सबैभन्दा अनुशाषित खेलाडीमा वडा नम्बर ८ का दिपेश थापा घोषित भएको नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए । नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नम्बरमा सञ्चालन भएको हो । प्रतियोगितामा विजेतालाई नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

    प्रतियोगिता समापनका अवसरमा वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेल, यसैगरी गर खेलकूद विकास समिति सदस्य दिपक खनाल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितापछि नगरस्तरीय भलिबल टिम छनौट गरिने दिपक खनालले जानकारी दिए । यसैबीच खेलकुद समितिले यस आर्थिक वर्षमा अन्य खेलकूद गतिविधिहरु समेत हुने जानकारी गराएको छ । वैशाखसम्म विभिन्न ९ वटा प्रतियोगिता गर्ने तयारी समितिले गरेको हो । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरिएकोमा पुस महिनामा व्याडमिन्टन तथा विद्यालय स्तरीय छात्रछात्रा भलिबल र माघ महिनामा उपमेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ । यसैगरी माघ महिनामैं मेयर कप रनिङ्ग शिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट आयोजना हुने बताउँदै संयोजक गुरुङले फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन हुने जानकारी दिए । यस्तै वैशाख महिनामा वडा स्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी समितिको छ । वर्षभरी सञ्चालन गरिने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने उनले बताए । स्वास्थ्यका लागि खेलकूद ः राष्ट्रका लागि खेलकूद तथा सबैका लागि खेलकूद भन्ने मूल नाराका साथ प्रतियोगिताहरु आयोजना गर्न लागिएको हो ।

  • १ पुष २०७७, बुधबार १०:५६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ