नेपालगन्ज—कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका फरार खजुरा गाउ“पालिका ८ का आजात खाँलाई बाँके प्रहरीले २३ वर्ष पछि पक्राउ गर्न सफल भयो । उनले खजुरा गाउँपालिका रनियापुर बस्ने १९ वर्षीय नुर सलाम खाँलाई छातीमा गोली हानी घा“टी रेटी हत्या गरेको पुष्टि भएको भन्दै बाँके जिल्ला अदालतले उक्त सजाय सुनाएको थियो । ०५४ भएको हत्या घटनापछि फरार उनलाई गत भदौमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बलात्कार मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय पाएका नरैनापुर गाउँपालिका २ का ३४ बर्षीय हेमन्तकुमार शर्मालाई बाँके प्रहरीले ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ । उनलाई मंसिर २२ गते ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी बलात्कार घटनापछि फरार थिए । त्यस्तै सशस्त्र भुमीगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध हत्या, अपहरण, ज्यानमार्ने उद्योग, बम विष्फोट तथा फिरौती रकम अशुलीलगायतका आधा दर्जन भन्दा बढी घटनामा संलग्न डुडुवा गाउँपालिका ३ वस्ने धर्मा सिंह भन्ने राजेश यादवलाई वडा न. ५ बाट तरवार र चक्कुसहित प्रहरीले पक्राउ गरेको हो ।
पछिल्लो समय बाँके प्रहरीले फरार अभियुक्तहरुलाई धमाधम फक्राउ गर्ने अभियानलाई तिब्रता दिएको छ । चार महिनायता प्रहरीले फरार ४ सय ४४ जनालाई पक्राउ गरिसकेको छ । लुम्बीनी प्रदेशभरी फरार मध्ये ५ सय २१ जना पक्राउ गरिएकोमा सबैभन्दा बढी बाँकेमा पक्राउ परेका हुन । बा“के प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले अदालतबाट सजाय सुनाइएका व्यक्तिहरुलाई खोजिखोजि पक्राउ गरेको बताउँछन् । त्यसका लागि छुट्टै टोली परिचालन गरिएको छ । ‘चार महिनामा ४ सय ४४ जना अपराधिलाई पक्राउ गरिसकेका छौ“ । पक्राउ गर्ने क्रमलाई तिब्रता दिएका छौँ, उनले भने,‘दुई दशक बढीदेखि फरार अभियुक्तलाई पक्राउ गरिसकेका र्छाँै ।’ उनका अनुसार अझै पनि विभिन्न घटनामा फरार चार÷पाँच सय अभियुक्तहरु फरार रहेका छन् । उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । बा“के प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न थालेपछि भारततर्फ भाग्न थालेको सूचना पाएको प्रहरी उपरीक्षक रानाले बताए । ‘बर्षौदेखि अपराध गरेर गाउँमै लुकेर बसेका अपराधिहरुलाई पक्राउ गर्न थालेपछि थुप्रै अपराधि भारततर्फ भागेको खबर सूचना पाएको छु । समकक्षी भारतीय सुरक्षा अधिकारीहरुसंग समन्वय गरेर पक्राउ गर्ने प्रयास भइरहेको छ ।