डुडुवामा घरघरमा पुगेर व्यक्तिगत घटना दर्ता गर्न शुरु - Dastabej

डुडुवामा घरघरमा पुगेर व्यक्तिगत घटना दर्ता गर्न शुरु

अध्यक्ष चौधरीले यो अभियानसंगै केही दिनभित्रै जग्गाको मालपोत कर पनि घरदैलो अभियानमार्फत संकलन गर्ने तयारी भईरहेको बताउनुभयो ।


  • दस्तावेज

  • बाँके डुडुवा गाउँपालिकाले व्यक्तीगत घटना दर्ताका लागि घरदैलो अभियान शुरु गरेको छ । गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर घरमा पुगेर घटना दर्ताको विवरण संकलन शुरु गरिएको हो ।
    नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाद्धारा शुरु गरिएको व्यक्तीगत घटना दर्ता शिविरको वडा नंं २ मा आज गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गर्नुभयो । शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिकलाई सेवाबाट बञ्चित हुन नदिन र घरघरमा सेवा पुरयाउने लक्ष्य अनुसार घरदैलो अभियान शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रो मधेशी समुदायमा अशिक्षाको कमी छ, काम लागेमा मात्र कागजात बनाउने परम्परा रहेको छ, त्यसको अन्त्य गरि समयमा घटना दर्ता गराउन सचेतना अभिबृद्धि गराउन घरदैलो अभियान शुरु गरेका छौ ।’ अध्यक्ष चौधरीले यो अभियानसंगै केही दिनभित्रै जग्गाको मालपोत कर पनि घरदैलो अभियानमार्फत संकलन गर्ने तयारी भईरहेको बताउनुभयो ।
    शिविरमा गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरिएको पालिकाका एम आइ अपरेटर कौशलकुमार कैरातीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक घरमा पुगेर घटना दर्ताका लागि विवरण संकलन गरि प्रमाणपत्र तयार गरेर फेरी घरमै पुरयाइने छ ।
    गाउँपालिकाको वडा नंं. १ देखि ६ सम्म करिब १० हजार घरधुरीमा घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह र बसाई सराइ लगायतका घटना दर्ताका लागि विवरण संकलन गरिने वडासचिव शिवकुमार मौर्यले बताउनुभयो ।

  • १ पुष २०७७, बुधबार २२:१८ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न