गन्दर्भ र बादी समुदायलाई घर - Dastabej

गन्दर्भ र बादी समुदायलाई घर


  • दस्तावेज

  • नेपालगन्ज— बाँकेको कोहलपुर नगरपालिकाले गन्दर्भ र बादी समुदायका सर्वसाधारणहरुलाई व्यवास्थितरुपमा बसोबास मिलाउन पहल थालेको छ । तराई समबृद्धि विकास र नगरपालिकाको सहयोगमा पहिलो चरणमा डुडुवा नहरको छेउमा रहेका २४ घरधुरी बस्तिलाई व्यस्थित गर्न थालिकाएको हो । त्यसका लागि वडा न. ११ मा १० घरधुरीका लागि १ करोड २० लाख लगानीमा घर निर्माण गरेको छ । दोस्रो चरणमा ९० लाख ५८ हजार ८ सय २८ रुपैया ९० पैसाको लागतमा घर निर्माण गर्न थालिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए ।
    सरकारले गन्दर्भ समाजको लागि घर बनाए पनि उपभोक्ता समितिले व्यवास्थित तरिकाले घर बनाएको छैन् । पहिलो चरणमा १० घरका लागि शौचालयको स्याफ्टी ट्यांकी एउटैमा बनाइएको थियो । स्थानीय विरबहादुर गन्दर्भले स्याफ्टी ट्यांकी सफाईका लागि १ हजार ५ रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको जनाए ।
    तर घर पाएपछि गन्दर्भ खुसी छन् ।

  • २ पुष २०७७, बिहीबार १४:०९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा