कस्तो रहने छ अगामि तीन दिनको मौसम ? मौसम विभाग - Dastabej

कस्तो रहने छ अगामि तीन दिनको मौसम ? मौसम विभाग


  • दस्तावेज

  • तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था .
    नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा
    मौसम पूर्वानुमान बुलेटिनले अगामि तीन दिनको मौसम अवस्था बारे सार्वजनिक गरेकेो छ । बिहिबार बिहान ६ बजे जारी बुलेटिनमा
    आगामी तीन दिनको मौसम पूर्वानुमान गरिएको छ ।
    पौष २ गते (बिहीबार)
    दिउँसो : प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    पौष ३ गते (शुक्रबार)
    दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    राती : प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    पौष ४ गते (शनिबार)

    दिउँसो : प्रदेश नं १,बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
    दिनहुँ तापक्रमको गिरावटका कारण चिसो बढ्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ। साथै तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ

  • २ पुष २०७७, बिहीबार १४:४५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता