बाँके । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शीतलहरबाट हुनसक्ने प्रभाव बारे पुर्बानुमान तथ्यांक सार्वजनिक गरेको छ । उसले बाँके जिल्लाका सबै स्थानीय तहहरु शीतलहरबाट प्रभावित हुन सक्ने जनाएको छ । नेपालगँज उपमहानगरपालिका र कोहलपुर नगरपालिका क्षेत्रहरु र स्थानिय तहहरुका व्यवस्थित वस्ती तथा चेतनाको स्तर उच्च भएका क्षेत्रहरुमा यसको प्रभाव कम हुनसक्दछ । नेपालगँज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाहरु क्रमसः न्यून प्रभावित देखि बढी प्रभावित क्षेत्र अनुसार राखिएको छ । प्रस्तुत तथ्याङ्क विषेश गरी बालबालिका, जेष्ठ नागरीक, सुत्केरी, गर्भवती तथा २०७१ तथा २०७४ सालको वाढीवाट पुर्णप्रभावित परिवार भई घरवाराको तथ्याङ्कको आधारमा रहेको समितिले जनाएको छ ।
जिल्लामा रहेको पूर्वतयारी स्वरुप राहत सामाग्री तयारी अवस्थामा राखिएको छ । ः
चिसोका कारण यहाँको जनजीवन कष्टपूर्ण बनेको छ । तर बाँकेका स्थानीय सरकारले त्यस्ता बालवालिकाकालाई चिसोबाट जोगाउन प्राथमिकतामा परेका छैनन् । पश्चिम तराईमा चल्ने शितलहरका कारण जनजीवन प्रभावित हुने गरेका कारण स्थानीय प्रशासनले शितलहरलाई दैविप्रकोपका रुपमा सुचिकृत गरेको छ । उसले बाँकेका ८ वटै स्थानीय तहमा स्थानीयस्तरको समिति गठन गरी सचेतना अभियान सन्चालन गर्न आग्रह गर्दै आएको छ । स्थानीय तहको निर्वाचनपछि जारी भएको दैविप्रकोप उद्दार निर्देशिका कार्यान्वयन गर्न सुझाव दिइएको छ ।