प्रधानमन्त्री ओलीले बोलाए ५ बजेका लागि संवैधानिक परिषद् बैठक - Dastabej

प्रधानमन्त्री ओलीले बोलाए ५ बजेका लागि संवैधानिक परिषद् बैठक


  • ekantipur.com बाट सभार

  • काठमाडौँ — संवैधानिक परिषद् बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् । बैठक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशअनुसार बस्‍न लागेको हो ।
    बालुवाटारमा मंगलबार बसेको संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना । संवैधानिक परिषद् बैठकका लागि एजेन्डासहित सदस्यहरुलाई पत्र पठाउनु पर्नेमा त्यो गरिएको छैन । ५ बजे बस्ने संवैधानिक परिषद् बैठकमा उपस्थित हुनका लागि खबर आएको प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ । तर सभामुख अग्निप्रसाद सापकोटालाई भने परिषद् बैठकबारे जानकारी पुगेको छैन । सभामुखको सचिवालयले पत्र प्राप्त नभएको बताएको छ ।यस्तै बिहीबार नै ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । संवैधानिक परिषद् सम्बन्धीको अध्यादेश जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा तानिएका थिए । उक्त कदमविरुद्ध नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको समूहले विरोध गरेपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो ।

  • २ पुष २०७७, बिहीबार १५:३६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार