बर्दिया । राजापुर नगरपालिकाको टोलीले वडा न २ मा थारु साँस्कृतिक संग्रहालय निर्माणलगायतका विकासको माग गर्दै सम्बद्ध मन्त्रालयमा भेटघाट गरेको छ । बर्दिया निर्वाचन क्षेत्र न २ का सांसद सन्तकुमार थारुको नेतृत्वमा पुगेको टोलीले भेटघाट तथा छलफल गरेको हो । राजापुर नगरपालिकाका प्रमुख शिव चौधरीका अनुसार वडा न. ८ मा रहेको अर्नहवा ताल ब्यवस्थापन,वडा नं।१० कोठिया घाटमा पिक्निक स्पोट निर्माण र गेरुवा गाउँ पालिका वडा नं १ इन्टेकमा शहीद पार्क निर्माण, होम स्टे प्रबर्द्धन लगायतका बिषयमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग माग गरिएको छ । त्यस्तै मानव र वन्यजन्तुबिचको द्वन्द न्युनिकरण लगायतका बिषयमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गरी न्यजसमस्या समाधानका लागि आग्रह गरिएको छ । नगर प्रमुख चौधरीले विकास निमार्ण र मानव बन्यजन्तु द्धन्द्ध कम गर्न दुबै मन्त्रीबाट प्रतिबद्धता जनाएको बताए ।