बर्दियामा बालविवाहबिरुद्ध सडक नाटक - Dastabej

बर्दियामा बालविवाहबिरुद्ध सडक नाटक


  • दस्तावेज

  • नेपालगन्ज— बर्दियाका किशोर किशोरीहरुले बालविवाहबिरुद्ध सचेतना फैलाउने उदेश्यले समुदायमा सडक नाटक प्रदर्शन गर्दै आएका छन् । समाजमा बढ्दै गईरहको बालविवाह रोक्नका लागि आफुहरुले समुदायमा सचेतना फैलाउने र समुदायका व्यक्तिहरुलाई चेतना जगाउन आफुहरुले समुदायमा सडक नाटक प्रदर्शन गरिरहेको परिवर्तनका संवाहक सदस्य दिलकुमारी चौधरीले बताईन् ।

    सडक नाटक मार्फत आफुहरुले बालविवाहका कारण प्रजनन स्वास्थ्यमा पर्ने असर र बालविवाह गर्दा हुने कानुनी दण्ड सजायको बारेमा प्रदर्शन गरेको अनिषा शेषले बताईन ।

    भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) ले प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लाको राजापुर, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिमा बालविवाह रोकथाम परियोजना अन्तर्गत किशोरी तथा किशोर हरुलाई परिवर्तनका संवाहक समुह मार्फत समाजमा हुने गरेका बालविवाह लगायत अन्य हानिकारक अभ्यासहरुको रोकथाम गर्नका विभिन्न गतिविधिहरु माध्यमबाट परिचालन गरीरहेको कार्यक्रम संयोजक दिनेश चौधरीले जानकारी दिएन ।

  • ३ पुष २०७७, शुक्रबार १७:३१ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा