नेपालगन्ज— नेपालगन्ज उपमहानगर १ का स्थाीयबासी अम्बरबहादुर मल्ललाई रेडियो किन्ने भुतले छोयो, त्यो बेला जतिबेला लाईसेन्सविना रेडियो किन्न र बजाउन पादैन्थ्यो । त्यसो त २१ औ शताब्दीमा पनि विश्वशक्ति देश अमेरिकालाई बेलाबेलामा चाईलेन्ज गरिरहने तानाशाह किम जोम राजगरिरहेको उत्तर कोरियामा पनि रेडियोको लाईसेन्स आवश्यक पर्छ । रेडियोको भुतले सताएपछि काठमाडौबाट आउँदै गरेका आफन्त सङ्ग २०३४ सालमा रेडियो मगाए । उनी त्यतिबेला जागिरको शिलशिलामा जाजरकोटमा थिए ।
रेडियो बोक्नेको शान नै बेग्लै । धनिको बशमा मात्रै रेडियो हुन्थे । रेडियो नहुनेहरु रेडियो भइको घरमा पुगेर नेपाली र बिदेशी समाचार सुन्थे । बिबिसी र अलईण्डिया रेडियो सर्बिश उत्तिकै सुनिन्थ्यो । लक्का जवान मल्लको अनेक चाहना र शौख हुनु स्वभाविक थियो । उनले रेडियो किनेर रेडियो घन्काउने बिछट्टै को हुटहुटी मेटाएरै छाडे ।
तर रेडियो अहिले जस्तो न त जतिसुकै किन्न पाइन्थ्यो न त किनेर राख्न नै सजिलो थियो । रुपैयाँ १८ सयमा किनेको रेडियो को लाइसेन्स पनि लिन पर्ने भयो । र जाजरकोट जिल्ला पन्चायतबाट रेडियो राख्ने र बजाउने लाइसेन्स लिए । रुपैयाँ ५ तिरेर । रेडियो । किन्ने पैसाले जग्गा किनेको भए बिगहौ आउँथ्यो । तर रहर का अगाडि ती कुरा गौण थिए । युवा उमेर थियो अनि रेडियो सुन्ने रहर—मल्ल सम्झिन्छन् ।
हाल ८७ बर्षको उमेरमा पनि त्यो फिलिप्स रेडियो अतिनै मायाले सम्हालेर राख्का छन््, उनले। अझै पनि उक्त रेडियो सुन्छन् । जमानामा किनेको रेडियो बोकेर फोटो खिचाउदै गर्दा आफ्नो हिजोको रेडियो किन्दाको ४३ बर्षे उमेर र जाजरकोट नै पुगेझैं रोमाञ्चक यादमा पुगेको सुनाउँछन् । पहिलेका कुनै पनि समान ओरीजनल हुन्थे र उनको त्यो रेडियो अझै पनि घन्कीरहेको छ । कुनै जमानामा लाईसेन्स बनाएर किनिने रेडियोको अस्तित्व सकिदै छ । मोबाईल रेडियोका कारण । तर पुराना पुस्ताले भने अझै पनि रेडियो राखेकै छन् ।