नेपालगन्ज— नेपालगञ्ज कारागारका चौकीदार पवन पुन फरार भएपछि घटनाको अनुसन्धान गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरिएको छ । सदस्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभाष खडका सदस्य छन् । फरार भएका पुनको प्रहरीले खाृजिभइरहेको जनाएको छ । लामो समयसम्म कैद भुक्तान गरिसकेका र ईमान्दारिकताका आधारमा कैदीहरुको सहयोका लागि कैदीबाटै चौकीदार छनौट गरिन्छ । उनीहरु कामको शिलशिलामा जेल बाहिर आउजाउ गर्न पाउँछन् । चौकीदार पुन शुक्रबार कारागारबाट काम छ भन्दै बाहिर निस्केका थिए । यसअघि एक वर्षअघि एकजना चौकीदार फरार भएका थिए । उनलाई बर्दियाबाट पक्राउ गरिएको थियो । कारागारबाट भाग्ने हुने कैदीका लागि थप सजाय तोकिने कानुनी व्यवस्था छ ।