बर्दिया— बढैयाताल गाउँपालिका ३ मा स्थित गोभ्रेपुरको श्री नेपाल राष्ट्रिय प्रस्तावित माबिका ५० र श्री भवानी आधारभुत विद्यालय भवनीपुरका ४० र श्री सरस्वती नेपाल राष्ट्रिय आधारभुत विद्यालय सोरहवाका ५० बालबालिकासहित १४० जना अतिविपन्न वगर्का बालबालिकाहरुलाई ग्रेस कम्युनिटीको हयोगमा शैक्षिक समाग्री वितरण गरिएको छ । उनीहरुलाई स्कुलव्याग, ड्रेस र स्टेसनरी वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यत्यतामा भएको कार्यक्रममा ग्रेस कम्युनिटीका अध्यक्ष शेरबहादुर बोहरा, सल्लाहकार ज्योति बोहरा,कार्यपालिका सदस्य चन्द्रा विक, ।वडाध्यक्ष दुर्गाप्रसाद पराजुली,वडा सदस्यहरु अमृका थारु,सुब्वा बक्स अन्सारी,समाज सेवी क्रमशः दिलबहादुर केसी, नेत्रप्रसाद सापकोटा,रतन जैसी,बेचुलाल यादव,लल्लन यादव समेतको सहभागिता रहेको थियो ।शैक्षिक समाग्री वितरणका लागि समन्वयकारी भुमिका निर्वाह गर्दै यस ठाउँका अतिविपन्न वर्गका बालबाल काहरुलाई सहयोग गर्ने उद्वेश्यले कार्यक्रम ल्याउनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने समाज सेवी कुलब हादुर बिकसमेतलाई धन्यबाद दिइएको छ ।