नेपालगन्ज । बाँके प्रहरीले लागु औषध नियन्त्रण महाअभियान सन्चालन गरेपछि ठुलो परिणामको लागु औषधसहित कारोबारीहरु पक्राउ हुन थालेका छन् । शनिबार कोहलपुर नगरपालिका १२ चप्परगौडीका ४५ ईन्द्रमणी गौतमलाइ ४४ ग्राम ५२० मिलिग्राम ब्राउसुगरसहित कोहलपुर ११ एनटीभी रोडबाट प्रहरीले पक्राउ गरेको गरेको हो । उनीसंग लागु औषध तौल गर्ने सानो डिजिटल मेसिनसमेत बरामद गरेको बाँके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखाबाट खटिएको प्रहरी टोलीले गौतमलाई तलासी लिने क्रममा पाईन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडियामा ठूलो मात्राको ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका गौतम यसअघि पनि जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ ।बाके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले लागु औषध नियन्त्रण महाअभियान सन्चालन गरी नियन्त्रण गर्ने प्रयासमा लागेको दाबी गरे ।