तनाव भुल्न बाँके निकुन्जमा घुमघाम - Dastabej

तनाव भुल्न बाँके निकुन्जमा घुमघाम

लकडाउन यता दुई सय जनाले निकुन्जमा हाईकिङ र जंगल सफारी गरेका छन् ।


  • दस्तावेज

  • नेपालगन्ज— कोरोना महामारीको तनाव अझै छ । सुरुवाती बेला त लकडाउन नै भए । सर्वसाधारण घरभित्र थुनिए । बिस्तारै खुकुलो हुँदै गएपछि तनाव भुल्न सर्वसाधारणहरु मुकुकै कान्छो बाँके राष्ट्रिय निकुन्जमा घुमघाम गर्ने जान थाले । अचम्म के भने बजार सुनसान भइरहँदा निकुन्जमा आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गयो । लकडाउन यता दुई सय जनाले निकुन्जमा हाईकिङ र जंगल सफारी गरेका छन् । हाईकिङका लागि एक सय रुपैयाँ शुल्क तोकिएको छ । निकुन्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानलेले घुमघाम गर्न आन्तरिक पर्यटकहरु बढेको बताउँछन् । उनका अनुसार गत आर्थिक वर्षमा ३ सय ७० जनाले निकुन्ज घुमघाम गरेका थिए । ‘यो वर्ष कोरोनाको महामारी भएपनि निकुन्जमा घुमघाम गर्न आउने बढेका छन् । खासमा निकुन्जमा चौका हेर्न र हाईकिङ गर्न बढी आउँछन्,’ उनले भने ।

    निकुन्जमा सफारी सुरु गरिएपछि पर्यटकहरु रमाउन पुग्ने थरेका छन् । निकुन्ज प्रवेशका लागि नेपालीलाई १ सय, सार्क मुलुकका पर्यटकलाई ५ सय र अन्य मुलुकका पर्यटकका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, निकुन्जमै रात बिताउन चाहने आन्तरिक पर्यटकले १ सय, सार्क मुलुकका नागरिकले ५ सय र तेस्रो मुलुकका पर्यटकहरुले १ हजार रुपैयाँ शुल्क पर्ने निकुन्ज प्रशासनले जनाएको छ । रात बिताउने पर्यटकहरुका लागि निकुन्जका विभिन्न स्थामा मचान निर्माण गरिएका छन् । त्यस्तै, सुरक्षित स्थानमा क्याम्प गाड्ने स्थान निश्चित गरिएको छ । रात्रिकालिन समयमा बन्यजन्तु हेर्न सकिने भएकाले पर्यटकहरु निकुन्जमा रात बिताउन मन पराउने गरेको निकुन्जका सहायक संरक्षण अधिकृत न्यौपानेले बताए ।

    SofK;g M af“s] /fli6«o lgs’Ghdf ;kmf/L ub}{ cfGtl/s ko{6s . tl:a/ M sflGtk’/


    बाँके निकुन्जमा बाघ, जंगली हात्ती, जरायो, चीत्तल, चौकालगायतका बन्यजन्तुहरु अवलोकन गर्न पाईन्छ । बाँके निकुन्जमा ९ वटा ब्यस्क पाटे बाघ छन् । बन्यजन्तु अवलोकनका लागि निकुन्जका सात स्थानमा मचान निर्माण गरिएका छन् । कुसुमको रानी तलाउ, सिक्टाको गोठरी, खैरीखोदाको कैलाशे, ठुरीया, पेरुवा चटनी, जलसेनी, गिद्देनी चौरमा बन्यजन्तु अवलोकनका लागि मचान निर्माण गरिएको छ ।
    त्यस्तै, कारबाट निकुन्जमा घुमघामका लागि २ हजार, जीपमा घुम्न २ हजार ५ सय र भ्यानमा घुम्नका लागि ३ हजार र हात्ती सफारीका लागि ५ सय प्रति घण्टा तोकिएको छ । ०६७ बैशाख ३० गते सरकारले निकुञ्ज घोषणा गरी असार २८ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको हो । निकुञ्ज संरक्षणका लागि नेपाली सेनाको १३ वटा सुरक्षा पोष्ट राखिएका छन् । मुलुक कै सबैभन्दा कान्छो निकुन्जमा बाघसंगै ११ प्रजातीका दुर्लभ तथा संकटमा परेका स्तनधारी रहेका भेटिएका छन् ।
    गाभर होमस्टे सन्चालक तथा सरक्षकर्मी कृष्ण चौधरीले लकडाउनका बेला एक सय जना हाईकिङका लागि होमस्टे आएको जनाए । उनले पछिल्लो समय घुम्न आउनेहरुको संख्या बढेको बताए । नेपालीहरुमा घुम्ने बानी बस्न थालेको छ । यसले आन्तरिक पर्यटन बढाएको छ,’ उनले भने । तपाई पनि तनाव भुल्न निकुन्ज घुम्न जाने कि ?

  • ५ पुष २०७७, आईतवार ०८:५६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार