काठमाडौँ — नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेपछि राजनीतिक बृत तातिएको छ । नेकपाको सरकार के हुने हो अन्यौल छाएसंगै अबको प्रधानमन्त्री को हुने हो भन्ने चर्चा पनि सुरु भएको छ । यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष बमदेव गौतमलाई पटकपटक प्रधानमन्त्रीका रुपमा अगाडि सार्दै आएका छन् । शनिबार प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई लिएर अर्का अध्यक्ष पुष्पलाल दाहाललाई भेट्न खुमलटार पुगेका थिए ।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको हो। त्यसपछि प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।