नेपालगन्ज— रुकुम पश्चिम बाफिकोट ६ परिवन भन्ने स्थानबाट लागुऔषध कारोबारीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा अवैध लागु औषध ओसार पसार गरिरहेको सूचनाका आधारमा मग्मा रुकुम पश्चिमबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले रुकुम पश्चिम बाफिकोट ६ जिपसिङ बस्ने बर्ष ५० कि जसी राना र मिनकुमारी शाहीलाई २ किलो चरेश सहित पक्राउ प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।