काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेका संसद बिघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी छन् । उनले प्रतिनिधिसभभा चुनावको मितिसमेत तोकेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ । सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २८ गते निर्वाचन तोकिएको छ ।