काठमाडौँ — आफ्नो असहमतिकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएकोप्रति आक्रोस जनाउँदै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।
राजीनामा दिने मन्त्रीहरु
१। गिरिराजमणि पोखरेल( शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
२। वर्षमान पुन( ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री
३। घनश्याम भुसाल( कृषि तथा पशुपन्छी विकास मन्त्री
४। योगेशकुमार भट्टराई( संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
५। शक्तिबहादुर बस्नेत( वन तथा वातावरण मन्त्री
६। रामेश्वर राय यादव( श्रम तथा रोजगार मन्त्री
७। बिना मगर( खानेपानी तथा सरसफाइ मन्त्री