मेरो गाउँमा पुल छैन सडक छैन।
स्कुल स्वास्थ चौकिको कुरा त नगरे भो।।
केही बर्ष अगाडि धेरै कुरा पाउने आशामा ।
आदेशानुसार ल्याप्पे लागाएको थिए ।।
कृषि र पशुको बिकास कता हुन्छ थाहा छैन।
शिपमुलक तालिम काहाँ चल्छ पत्तो छैन।।
जनचेतना कता हुन्छ थाहै पाइदैन ।
बस्ति तिर कसैको नजर आउदैन ।।
सुन्दैछु फेरि ल्याप्चे लगाउने दिन नजिकै छ रे।
ल्याप्चे लगाउने हात लुकाउन मन छ मलाइ।।
मेरा बस्ति गाउँलाई माया नगर्नेलाइ ।
मेरो ल्याप्चेको महत्त्व बुझाउन मन छ मलाइ।