नेपालगन्ज— प्रधानमन्त्री केपी शर्मा ओलीको समूहको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले बाँकेका चार र बर्दियाका छ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् । संविधानसभा बिघटनपछि नेकपाभित्रको विवादले बाँके र बर्दियाका नेताहरुले अवसर पाएका हुन । केन्द्रीय कमिटीको बैठकले पुर्ब सांसद देवराज भार, नन्दलाल रोकाय, प्रदेश सांसद बाबुराम गौतम र नेतृ शान्ति ढकाललाई केन्द्रिय कमिटीको जिम्मेवारी दिएको हो ।
त्यस्तै बर्दियाका पुर्ब सांसद श्याम ढकाल, नेता दामोदर अर्याल, भिम केसी, समानुपातिका सांसद बिमला बि।क, समानुपातिका सांसद तुलशा थापा, नेतृ शोभा ज्ञवाली मनोनित केन्द्रीय समितिमा परेका छन् । नेकपा उपाध्यक्ष बामदेव गौतम कुनै पक्षको भेलामा सहभागि नभएपनि उनका पत्नी समानुपातिक सांसद तुलसा थापालाई केपी ओलीको समूहले केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।