नेपालगन्ज— ट्राफिक प्रहरीहरुलाइ आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जनालाई सुर्खेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ । मंगलबार सुर्खेत भेरीगंगा न।पा। वडा न १३ भेरीपुल स्थित सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा ट्राफिक नियम उल्लङघन गर्ने सवारी साधनलाई कारवाही गर्न खोज्दा सहचालकहरुले आर्थिक प्रलोभनमा पारी नगद रकम दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको हो । ट्राफिक कार्यालय सुर्खेतका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार पक्राउ पर्नेमा कैलालीका बिबेक सिंह,अर्घाखाँचीका कमल पुन,चितवनका कृष्ण बहादुर नेपाली,बाँकेका सुनिल विश्वकर्मा,बाँकेकै प्रमोद बिक र सुर्खेतका कमल रजा रहेको ट्राफिक प्रमुख आचार्यले बताए । उनीहरुलाई कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाईएको ट्राफिक प्रमुख आचार्य बताएका छ्न । आर्थिक प्रलोभन देखाउने जोकोहीलाई पनि कडा कदमका साथ कारबाही गरिने उनको भनाई छ ।