नेपालगन्ज— चुलोमा ग्याँस । घरघरमा खाने पानीको पाईप । गाउँगाउँका घरघरमा धारा छ । तर बाँकेको कोहलपुर नगरपालिका ११ डुडवाबस्तीका ४२ घरका लागि दुईवटा धारा छ । दुई वटा शौचालय छ । बस्तिका सर्वसाधारणहरु भुमिहिन हुन । दैनिक मजदुरी गरेर छाक तार्छन । उनीहरुको दैनिकी कष्टमय छ । गरिबीका कारण उनीहरुले धारा र शौचालय बनाउन नसकेका हुन । सर्वसाधारण बिरामी पर्दा औषधी गराउने क्षमता समेत छैन । त्यति मात्र होइन तिनिहरुलाई हिड्ने गतिलो बाटो समेट छैन् । दैनिक काम गर्ने सर्वसाधारणहरु कोरोनाो महामारीमा पनि कामका लागि भौतारिरहेका छन् ।
डुडुवा बस्तिमा बासोबास गर्ने लोक बहादुर रानाले दुई वटा धारामात्रै हुँदा खाने पानीको समस्या भइरहेको बताउँछन् । भन्छन्—लोकतन्त्र आयो । गणतन्त्र आयो तर हाम्रो आँगनमा धारा आएन ।
त्यस्तै शौचालय नहुँदा दिशापिसावका लागि लाईनमा बस्नु पर्ने बाध्यता छ । उनीहरुका लागि समान्य आधारभुत आवश्यकता पनि पूरा भएको छैन् । लकडाउनका बेला उनीहरु भोकै बस्ने आवस्था पनि आएको थियो । उनीहरुलाई राहतको कुरा होइन भलाकुसरी गर्न पनि कोही आएन । आफू भोकै बसेर बाल बच्चाहरुलाई खान खुवाएको भुमी घर्ति मगरले बताईन । स्थानीय दल बहादुर कामीले फुसको झुप्प्रो बनाएर बासोबास गरिरहेको जनाए । उनीहरुले समस्या समाधानका लागि बराम्वार पहलका लागि नगरपालिका धाएपनि हालसम्म कुनै सुनवाइ भएको छैन् । वडा न ११ का वडाध्यक्ष ४२ परिवार बसेको जग्गा नगर विकास समितिको जग्गा भएको र अदालतमा मुद्दा चलिरहेका कारण विकासको काम गर्न नसकेको बताउँछन् । उनले विवादित जग्गामा धारा जडान नगरेको स्वीकारे ।