प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली - Dastabej

प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली

कस्तो छ संबैधानिक व्यवस्था ?


  • योगेश ढकाल shilapatra.com

  • काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा विघटन गर्न तयारीमा लागेका छन् । आफ्नो समर्थक मुख्यमन्त्री अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारीमा जुटेका हुन् । प्रदेश(१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री चरम अल्पमतमा छन् । ओली समूह बलियो गण्डकी प्रदेशमा मात्रै हो । आइतबार संघीय सरकारको प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा आफूनिकट मुख्यमन्त्री अल्पमतमा परेका कारण प्रधानमन्त्री ओलीले प्रदेशसभासमेत विघटन गर्नका लागि परामर्शमा जुटेका छन् । बुधबार साँझ प्रधानमन्त्री ओली आफूनिकट नेतासँग प्रदेशसभा विघटन गर्दा के हुन्छ भनेर फोनमार्फत छलफल गरेको उनीनिकट एक नेताले जानकारी दिए । आफूनिकट मुख्यमन्त्री र मन्त्री संकटमा परेका कारण उनले प्रदेशसभा पनि विघटन गरेर सँगै निवार्चनको घोषणा गर्ने तयारी गरिरहेको ती नेताले बताए ।
    ‘आजको केन्द्रीय कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठक बोलाएर उक्त निर्णय गर्न तयारी भइसकेको छ । प्रधानमन्त्रीले प्रदेशसभा पनि प्रतिनिधिसभासँगै विघटनका गर्न लाग्नुभएको थियो । तर, विवाद प्रदेश र स्थानीय तहसम्म पुग्छ भनेर उक्त निर्णय रोकिएको थियो,’ उनले भने, ‘हाल राजीनामा दिएका सबै मन्त्रीलाई समेत प्रदेशसभा विघटन हुन्छ भने थाहा छ ।’
    प्रतिनिधिसभा विघटन हुँदा प्रधानमन्त्रीले प्रदेशसभा पनि विघटन हुँदैछ भनेर सन्देश दिएका थिए । संविधानले प्रदेशसभा विघटन गरेर राष्ट्रपति शासन लागू गर्न सक्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार ओलीले प्रदेशसभा विघटन गर्न सक्ने कानुन व्यवसायीको मत छ । संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्य संवैधानिकरूपमा प्रदेशसभा विघटन गर्न सक्ने व्यवस्था रहेको बताउँछन् । आचार्य भन्छन्,‘राष्ट्रपतिले प्रदेशसभा विघटन गर्ने व्यवस्था छ, त्यसअनुसार विघटन हुनसक्छ ।’

  • ९ पुष २०७७, बिहीबार १३:०३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता