काठमाडौँ— प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल–नेपाल समूहले शुक्रबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । उक्त पक्षको बबरमहलमा केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । उक्त पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित भएका छन् । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाँदैछ । साथै शुक्रबार २ बजे यो समूहले पत्रकार सम्मेलनको आयोजना पनि गर्ने भएको छ ।